+
+
Shares

फेसबुकको न्यूजफिडमा परिवर्तन हुने, व्यवसायिक पोष्टलाई कम प्राथमिकता

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २८ गते ११:२८

फेसबुकले व्यवसाय, ब्रान्ड र मिडियाका पोस्टहरुलाई कम महत्व दिने गरी आफ्नो न्यूज फिडमा परिवर्तन गर्ने भएको छ ।

यसको साटो पारिवारिक र साथीभाइबीचका कुराकानीलाई प्राथमिकतामा राखिने फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले आफ्नो पेजमा उल्लेख गरेका छन् ।

यसको परिणामस्वरुप व्यवसायिक संगठनहरुले आफ्नो पोष्टहरुको लोकपि्रयता घटेको महसुस गर्ने उनको स्वीकारोक्ति छ ।

आगामी केही हप्ताभित्र नयाँ परिवर्तन लागू भइसक्ने छ । ‘हामीले हाम्रो समुदायबाट के फिडब्याक पायौं भने व्यवसाय, ब्रान्ड र मिडियाका पोष्टहरुले हामीलाई एक अर्कासँग नजिक ल्याउने व्यक्तिगत क्षणहरुलाई ओझेलमा पारिदिए’ जुकरबर्गले लेखेका छन् ।

मानिसहरुको खुशीका लागि फेसबुक उपयोगी छ भनेर सुनिश्चित गर्नु आफूहरुको दायित्व रहेको उनले उल्लेख गरेका छन् । ‘नयाँ परिवर्तनपछि मानिसहरुले फेसबुकमा कम समय बिताउँदा पुग्छ,’ जुकरबर्ग भन्छन्, ‘तर उनीहरुले बिताएको समय बढी मूल्यवान हुनेछ ।’

यसअघिको पोष्टमा जुकरबर्गले सन् २०१८ मा फेसबुकलाई ‘ठीक’ बनाउने भन्दै यसको दुरुपयोग रोक्ने प्रतिवद्धता जनाएका थिए ।

फेसबुकलाई देश तथा राज्यहरुबाट जोगाउने पनि उनले बताए । हालैका विश्लेषणहरुले ईंगित गरेका छन् कि रुस लगायतका देशहरुले फेसबुकमा आएका विषयवस्तुलाई तोडमोड गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?