९ माघ, डडेल्धुरा । जुवा खेलिरहेको अवस्थामा डडेल्धुरा सदरमुकामबाट मंगलबार दिउँसो ६ जना पक्राउ परेका छन् ।
डडेल्धुरा सदरमुकाम बागबजारमा रहेको भूमिका होटलमा जुवाको खालबाट दिउँसोे उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चक्रराज जोशीका अनुसार दिनदहादै होटलमा जुवा खेलिरहेको सूचनाको आधारमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको हो ।
छापा मार्ने सूचना पाएपछि जुवा खेलिरहेकाहरु केही भागेका उनले बताए । प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।