Comments Add Comment

मधेसमा एमालेभित्र लफडाः प्रदेशसभामा दुई गुटले बोल्ने

५ मिनेट सत्यनाराणलाई, ५ मिनेट शत्रुघनलाई !

२१ माघ, जनकपुरधाम । दुई नम्बर प्रदेशमा प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेकपा एमालेभित्र विवाद चर्किएको छ । जनकपुरधाममा आयोजित पहिलो प्रदेशसभा बैठकमा एमाले दुई गुटले बेग्लाबेग्लै सम्वोधन गर्ने भएका छन् ।

प्रदेसभा बैठकमा कसले सम्बोधन गर्ने भन्ने विषयमा केपी ओली पक्ष र माधव नेपाल पक्षका नेताहरुवीच विवाद नमिलेपछि दुबै गुटका नेताले संसदमा संवोधन गर्न लागेको एमाले प्रदेश सचिवालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

प्रदेशसभामा कसले सम्वोधन गर्ने भन्नेबारे छलफल गर्न जनकपुरधाममा आइतबार विहान एमाले एमाले प्रदेश संसदीय दलको बैठक बसेको थियो ।

बैठकमा सप्तरीका सांसाद एवं पूर्वमन्त्रीसमेत रहेका पूर्वमन्त्री सत्यनारायण मण्डलले बैठकमा आफूले दलको तर्फबाट बोल्ने दाबी प्रस्तुत गरे । पार्टीको स्थायी कमिटीका सदस्यसमेत रहेका मण्डल केपी ओली गुटका नेता हुन् ।

तर, प्रदेशसभा बैठकमा आफूले बोल्ने दाबी धनुषाका सांसदसमेत रहेका अर्का एमाले नेता सत्रुघन महतोले बैठकमा दाबी प्रस्तुत गरे । महतो माधव नेपाल गुटका नेता हुन् । पार्टीमा उनी पोलिटब्यूरो कमिटीमा छन् र पूर्वमन्त्रीसमेत हुन् ।

ओली गुटका मण्डल र माधव नेपाल गुटका महतो दुबैले प्रदेश २ मा संसदीय दलको नेता बन्ने दाबी गर्दै आएका छन् ।

बैठमा दुबै नेता पछि नहटेपछि एमालेले पाएको १० मिट समयभित्रै पर्ने गरी ५/५ मिनेट दुबै नेताले प्रदेशसभालाई सम्वोधन गर्ने निर्णय भएको एमाले स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment