+
+

सर्वोच्चका आठ न्यायाधीशद्वारा दोस्रो दिन पनि इजलास बहिस्कार

चोलेन्द्रशम्शेरको इजलास तोकिएन, ११ न्यायाधीश भने काममा

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३० गते १५:४७


३० चैत, काठमाडौं । प्रधानन्यायाधीशको वैधतामाथि प्रश्न उठाउँदै मंगलबारदेखि इजलाश बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले बुधबार पनि इजलास चलाएनन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूसँग असहमत रहेका चोलेन्द्र शम्शेर जबराको भने बुधबार पनि इजलास तोकेनन् । चोलेन्द्रले सोमबार इजलासमै लिखित वक्तव्यमार्फत पराजुलीको पदावधि गत साउनमै सकिएको भन्दै उनले तोकेको इजलास बहिस्कार गर्ने जनाएका थिए । उनको इजलास मंगलबार पनि तोकिएको थिएन ।

मंगलबार न्यायाधीशहरु दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र आनन्दमोहन भट्टराईले इजलास बहिस्कार गरेका थिए । उनीहरु बुधबार पनि उपस्थित नभएको सर्वोच्च अदालतका एक अधिकारीले बताए ।

बुधबार पनि पराजुलीले हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई ८ नम्बर इजलास तोकेका छन् । त्यस्तै आनन्दमोहन भट्टराई र सपना प्रधान मल्ललाई ९ नम्बर इजलास तोकेका छन् भने दीपकराज जोशी र विश्वम्भरप्रसाद श्रेष्ठलाई १ नम्बर इजलास तोकेका छन् ।

त्यस्तै अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतलाई १० नम्बर इजलास तोकिएको छ । यीसहित ९ न्यायाधीश पराजुलीको विपक्षमा उभिएका छन् भने अन्य ११ न्यायाधीश भने इजलासमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?