+
+

चन्द्रागिरि हिल्स नेपालकै सुरक्षित पर्यटकीय गन्तव्यः पर्यटन मन्त्री अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ७ गते १५:५७

७ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारले पर्यटकीय गन्तब्य चन्द्रागिरिलाई पर्यटनको महत्वपूर्ण उत्पादन ‘प्रोडक्ट’को रुपमा विकास गरिने बताए ।

चन्द्रागिरि हिल्सको बुधबार स्थलगत अवलोकनका क्रममा मन्त्री अधिकारीले सरकारको पर्यटक बढाउने लक्ष्यलाई सार्थक तुल्याउन पनि यस्ता पर्यटकीय गन्तब्यको प्रवर्द्धनलाई प्राथमिकता दिने बताए ।

पर्यटन क्षेत्रमा राम्रो प्रोडक्ट बनेको र करिब ३० प्रतिशत विभिन्न तवरबाट राज्यले कर प्राप्त गरिरहेको भन्दै उनले यसलाई थप व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

‘राज्यले पर्यटकीय पूर्वाधार विकास गरिदिने हो, पर्यटकीय उत्पादन विस्तार र विविधिकरण गर्ने निजी क्षेत्र नै हो ।’ उनले भने,’पर्यटन उद्योगको विकासमा निजी क्षेत्रले अग्रसरता नदेखाए यसबाट राज्यले लाभ निल सक्दैन त्यसैले पूर्वाधार निर्माण गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्न सरकारको पूर्ण साथ रहनेछ ।’

पर्यटनमन्त्री अधिकारीले चन्द्रागिरिजस्ता पर्यटकीय प्रोडक्ट सातवटै प्रदेशका सम्भावना बोकेका क्षेत्रमा विस्तार गर्न आग्रह गरे ।

उनले निजी क्षेत्रले आर्थिक लगानीको गतिविधि बढाउने वातावरण नभएसम्म सरकार र थोरै व्यक्तिले कुरा गरेर मात्र विकास नहुने तर्क समेत गरे ।

पर्यटन व्यवसायीले राम्रो अभिभावक पाएको उल्लेख गर्दै मन्त्री अधिकारीले यो क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहभागितालाई बृद्धि गरी प्रशस्त रोजगारी सिर्जना गरिनुपर्नेमा जोड दिए ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्ऽ ढकालले पर्यटकको गन्तब्य बनेको चन्द्रागिरि राज्यको उच्च प्राथमिकतामा पर्नु सकारात्मक भएको भन्दै यस्ता पर्यटकीय प्रोडक्टलाई प्रदेश स्तरमा पनि विस्तार गरिने बताए ।

गोलोबल आईएमईका रिलेसन म्यानेजर राजु पौडेलले देशको आर्थिक र दिगो विकासमा निजी क्षेत्रलाई लगानी मैत्री वातावरण तयार गर्न सके देशको पर्यटनको विकास हुने वताए ।

चन्द्रागिरि हिल्सका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको दिगो विकासलाई सूक्ष्म तवरले अध्ययन गर्दै देशको पर्यटन पुर्वाधार विकासमा निजी क्षेत्रले अतुलनीय योगदान पुर्‍याउनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?