बलिउडकी चर्चित हेयर स्टाइलिस्ट सानिया सदादपुरी गत हप्ता नेपाल आएकी थिइन् । गत विहिवार होटल र्याडिसनमा आयोजित एक कायक्रममा सानियाले मिस नेपाल २०१८ का २५ जना प्रतियोगीहरूको माझबाट ‘हिट प्रोटेक्टिभ न्यु लिवन’लाई बजारमा ल्याएकी थिइन् । यस वर्षको मिस नेपालको मूल प्रयोजक लिवन रहेको छ ।
भर्खरकी देखिने सानियाले बलिउडका थुप्रै कलाकारसित काम गरिसकेकी छिन् । भारतीय अभिनेत्री परिणिति चोपडा, सुशान्त सिंह, रिचा चढ्ढा, विपासा वासु, कंगना रनावत आदि दर्जनौं बलिउड कलाकारको हेयर स्टाइलिस्टका रूपमा समेत सानियाले काम गरिसकेकी छिन् ।
त्यसो त, सानिया (२५) का लागि बलिउडसम्मको यात्रा त्यति सहजपूर्ण थिएन । उनका सामु थुप्रै चुनौती थिए ।
‘त्यतिबेला चुनौती त थियो नै । अवसर पनि थियो ।’ मैले जीवनमा जोखिम नमोलेको भए शायद आज यो स्थानमा पनि पुग्दिनथिएँ । मैले जोखिम मोलेँ । चुनौती स्वीकारेँ । हेर्नुस् आज म यो स्थानमा छु’, सानियाले भनिन् ।
सानिया सानैदेखि सौन्दर्यप्रति निकै सजग थिइन् । तर त्यस समयमा हेयर आइरन गर्ने मेसिन चल्तीमा थिएन ।
सानियाले भनिन्- मानिसहरू लुगा स्त्री गर्न प्रयोग गरिने आइरनले नै कपालको आइरन गर्दथे । मलाई अझै पनि याद छ, त्यतिबेला म कक्षा आठ/नौ मा अध्ययनरत थिएँ ।
त्यतिबेला नै म स्टे्रट हेयरबाट यति धेरै प्रभावित थिएँ कि म हरेक दिन कपाल आइरन गरेरै स्कुल जान्थेँ । मेरा साथीहरूले पनि त्यो कुरा नोटिस गर्न थाले । उनीहरू पनि मेरो घरमा आएर कपाल आइरन गर्न थाले । कतिपटक त मैले उनीहरूको कपाल पनि जलाएँ ।
त्यो पनि सिर्फ पार्लर गएर तथा पार्लरका मानिसहरूले कसरी गर्छन् भनेर हेरेको आधारमा । मलाई त्यतिबेलासम्म कपाल आइरन गर्दा के हुन्छ भन्ने जानकारी थिएन । यसले मानिसको व्यक्तित्वमा कस्तो प्रभाव पार्छ त्यो पनि थाहा थिएन । तैपनि मैले उक्त कामलाई निरन्तरता दिँदै गएँ ।
उनले थपिन्, ‘त्यही बेला हो, जतिबेला मलाई तथा मेरो आमालाई लाग्यो कि यसप्रति मेरो थोरै भए पनि लगाव छ । शायद, त्यतिबेला नै हो, जतिबेला मैले एउटा कोर्स गरेँ जसमा २५ जना विद्यार्थी सम्मिलित थिए । त्यतिबेला हामीले हेयर कलरिङ्गदेखि कपाल सम्बन्धी सबैजसो काम गर्नुपथ्र्यो ।’
त्यसरी काम गर्दा राम्रो काम गर्नेलाई सैलुन आफैले छानेर पेड इन्टर्नसिप सहितको काम दिने गर्दथ्यो । त्यसमध्ये सानिया नै त्यस्तो व्यक्तित्व थिइन्, जो सैलुनको रोजाइमा पर्न सफल भएकी थिइन् ।
स्कुल र कलेज बीचका ती दिन
सानिया जम्मा १५/१६ वर्षकी मात्र थिइन्, जतिबेला उनलाई पहिलो जब अफर भएको थियो । त्यसबेला उनी कलेज पढ्थिन् । एकातिर विद्यार्थी जीवन, अर्कोतिर काम । उनको जीवन पूर्ण रूपमा अस्तव्यस्त बनिसकेको थियो तर उनले काम गर्ने ठाउँका मानिसहरू यति बुझ्ने थिए की उनलाई काम गर्नमा खासै समस्या थिएन । उनका अभिभावकहरूको फोकस भने उनको पढाइतिर थियो । उनीहरू भन्ने गर्थे, ‘ काम त गर, तर पढाइ पूरा गर्ने शर्तमा ।’
त्यही शर्त अनुरूप उनी विहान साढे १० बजेदेखि बेलुकी ७ बजेसम्म सैलुनमा काम गर्थिन् । त्यसपश्चात्त ट्युसन पढ्न जान्थिन् ।
एक पटक त उनका पिताले पि्रन्सिपललाई भेटेर हाजिरका आधारमा जाँच दिलाउन समेत अनुरोध गरेका थिए । कामका बाबजुद पनि उनको हाजिर पूरा भएका कारण कलेजले उनीलाई जाँच दिन रोकेन ।
विभिन्न सैलुनमा ट्रेनिङदेखि विदेश यात्रासम्म
सानियाले आˆनो करियरका दौरान भारतका सुप्रसिद्ध सैलुनहरू नलिनी यास्मिन, हेयर एन्ड शान्ति, बी व्लन्ट आदिमा काम गरिसकेकी छिन् । त्यसैगरी हङकङमा हेयर स्टे्रटनिङ्ग कोर्स, अमेरिकाको न्युयोर्क शहरमा हेयर एक्सटेन्सन कोर्स, अमेरिकाकै लस एञ्जलसमा मेकअप कोर्स, लण्डनमा हेयर सम्बन्धी कोर्स तथा अन्य विभिन्न ठाउँहरूबाट हेयर स्टाइलिसिङ्ग कोर्सहरू गरिसकेकी छिन् । चाहे त्यो हप्ता दिनको होस् वा दुई हप्ताको । सानिया कुनै पनि कुरालाई सानो ठूलो मान्दिनन् । आˆनो सीप बढाउन तथा क्षमतामा निखार ल्याउन जेजति प्राक्टिसको आवश्यकता पर्छ, उनी ती सबै कुरा गर्न कुनै पनि हालतमा पछि पर्दिनन् ।
भन्छिन्,’ मेरो पेशाप्रतिको झुकाव तथा लगाव हरेक ५ मिनेटमा बढ्दो छ ।’
त्यसो त उनका अनुसार मानिसहरू पहिले पहिले मेकअप तथा हेयर स्टाइल प्रति यति धेरै सजग थिएनन् । उनीहरू आˆनो व्यक्तित्वबारे पनि त्यतिधेरै महत्व राख्दैनथे ।
अहिलेका मानिसहरू इन्स्टाग्राम, फेसबुक आदिप्र्रति यति धेरै क्रेजी छन् कि उनीहरू हरेक समय फिट तथा गुड लुकिङ देखिन चाहन्छन् ।
यस अर्थमा अहिले महिलाहरू मात्र नभई पुरुषहरू पनि आफ्नो अनुहार तथा कपाललाई लिएर विशेष सर्तक रहने गरेका छन् ।
लिवनसितको आबद्धता
सुरुमा सानियाको लिवन सेरमसित कुनै संलग्नता थिएन । उनी लिवन प्रयोग गर्थिन् । उनलाई लिवन राम्रो लाग्थ्यो । एकदिन उनलाई लिवन कम्पनीबाट अचानक फोन आयो, आबद्ध हुन ।
त्यसो त लिवनले पहिले पनि भिडियो सुट तथा म्युजिक भिडियोका लागि सानियालाई सम्पर्क गरेको थियो । कार्यव्यस्तताका कारण उनले लिवनलाई समय दिन सकिरहेकी थिइनन् । ‘हिट प्रोटेक्टिभ न्युन लिवन’ बजारमा ल्याउने भनेपछि उनी हालै मात्र लिवन सेरमसित अनुबन्धित भएकी हुन् ।
विपासा बासुदेखि कंगना रनावटसम्म
सौन्दर्यको दुनियामा कदम चालेको करिब १० वर्षको अवधिमै चर्चा बटुल्न सफल सानियाले बलिउडका चर्चित कलाकार परिणिति चोपडा, सुशान्त सिंह राजपुत, रिचा चढ्ढा, विपासा वासु, कंगना रनावत, मिरा कपुर (साहिद कपुरकी पत्नी), इशा गुप्ता, तापसी पन्नु आदिसित काम गरिसकेकी छिन् ।
प्रतिक्रिया 4