+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

क्रिकेट संघले बोलायो विशेष साधारणसभा

क्रिकेट खेलाडीलाई क्यान पदाधिकारी बन्ने बाटो खुला !

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७४ चैत १६ गते १:५५
फाइल फोटो

१५ चैत, काठमाडौं । क्रिकेट खेलाडीलाई पनि नेपाल क्रिकेट संघ (क्यान) को पदाधिकारी बन्ने बाटो खोलिने भएको छ ।

क्रिकेट संघको विधान संशोधन प्रस्तावमा दुई वर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल नखेलेको खेलाडी पदाधिकारीको उम्मेदवार बन्न सक्ने उल्लेख छ ।

क्रिकेट संघमा सक्षम नहुँदा आईसीसीले निलम्बन गर्नेसम्मको अवस्था आएको थुप्रै खेलाडीहरुको गुनासो छ ।

कतिपयले त आफूहरु नेतृत्व गर्न पनि तयार रहेको बताइरहेका बेला आएको संशोधन प्रस्तावलाई अर्थपूर्ण मानिएको छ ।

बोलाइयो साधारणसभा

विधान संशोधन गर्न निर्वाचित क्यानले बैशाख ६ र ७ गते विशेष साधारणसभा बोलाएको छ । साधारणसभामा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल -आईसीसी)का प्रतिनिधि पनि सहभागी हुनेछन् ।

सल्लाहकार समूहले बनाएको विधानमा निर्वाचित क्यानको साधारणसभाले केही संशोधन गरेपछि क्रिकेट विवाद लम्बिएको थियो । अहिले सल्लाहकार समूह र आईसीसी समेत सहमत भएपछि विधान संशोधनको नयाँ प्रस्ताव अघि सारिएको छ ।

स्रोतका अनुसार संशोधित विधानमा खेलाडीले पनि क्यानको सदस्यता लिन सक्ने उल्लेख छ ।

पदाधिकारीको उम्मेदवार हुन भने दुई वर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल नखेलेको हुनुपर्छ ।

निर्वाचित क्यानले सन्यास लिएको हुनु पर्ने तर्क गरेको थियो तर, विनोद दास बाहेक अरुले औपचारिक सन्यास नै घोषणा गरेका छैनन् । त्यसैले दुई वर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल नखेलेको भए हुने गरी प्रस्ताव गरिएको छ ।

यदि प्रस्तावित संशोधन हुबहु पाए भएमा २ वर्षदेखि नखेलेका खेलाडी क्रिकेट संघको पदाधिकारीको चुनाव लड्न सक्नेछन् । त्यसका लागि चुनावी साधारणसभामा प्रतिनिधि हुनुपर्छ ।

जिल्ला, प्रदेश संघका साथै क्रिकेट खेलाडी संघबाट पनि प्रतिनिधि बन्न सकिने व्यवस्था छ ।

निर्वाचित क्यानको आशंका

यो प्रस्तावलाई लिएर निर्वाचित क्यानका पदाधिकारीहरु भने निकै शशंकीत देखिएका छन् ।

आईसीसीले स्वीकार नगरेको अघिल्लो विधान अनुसार नै ३७ जिल्लाको चुनाव भइसकेको छ । अब भक्तपुर र ललितपुर जिल्ला संघको मात्र चुनाव हुन बाँकी छ ।

सल्लाहकार समूहमा निर्वाचन भइसकेका जिल्लामा विवाद भएनभएको हेर्न मोनिटरिङ कमिटी बनाउने र कुनै जिल्लामा विवाद भए फेरि चुनाव गर्ने सहमति भएको छ ।

तर, विधान संशोधन प्रस्तावले खेलाडीहरुलाई पनि सदस्य हुने बाटो खुल्ने र यसले सबै जिल्लामा चुनाव गर्नुपर्ने अवस्था आउन सक्ने निर्वाचित क्यानको आशंका छ ।
‘खेलाडीहरु सदस्य हुन पाउने भएपछि उनीहरुले सदस्यता लिने र चुनाव लड्न पाउनुपर्छ भन्दै सबै जिल्लामा विवाद गरे भने के गर्ने ?’ निर्वाचित क्यानका एक पदाधिकारीले भने, ‘नयाँ सदस्यहरुले अर्को चुनावमा मात्र भाग लिनुपर्छ ।’

यसबारे आफूहरुले आईसीसीको पनि ध्यानाकर्षण गराएको तर, कुनै जवाफ नआएको उनले बताए ।

बैधानिकतामाथि प्रश्न

क्रिकेट संघका अनुसार बैशाख पहिलो साता हुने विशेष साधारणसभामा ५४ जना मात्र सहभागी हुनेछन् । ३७ जिल्लाको मात्र चुनाव भएकाले त्यहाँबाट एकएक र केन्द्रीय कार्यसमितिमा निर्वाचन जितेर आएका १७ जना सहभागी हुनेछन् ।

चुनाव नभएका ललितपुर र भक्तपुरका साथै राखेप, खेलाडी र प्रशिक्षकका प्रतिनिधि पनि सहभागी हुने छैनन् ।

तर, विधान संशोधन गर्न कुल सदस्य (९० जना) को दुई तिहाई हुनु पर्ने व्यवस्था छ । ‘५४ जनाको साधारणसभा बोलाएर दुई तिहाई पुग्दैन’ एक सदस्यले भने, ‘यसले भोलि बैधानिकतामा प्रश्न उठ्ने त होइन भन्ने हाम्रो चिन्ता छ ।’

तर, सल्लाहकार समूहका अरु सदस्यहरुले भने प्रदेश संरचना नै तयार नभएकाले हाल कायम सदस्यको दुई तिहाईले विधान संशोधन गर्न सकिने बताएका छन् ।

लेखक
राजकुमार श्रेष्ठ

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?