+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तीनै तहलार्इ सहयोग पुग्ने कानून ल्याउँछौंः मुख्यमन्त्री राई

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २२ गते १६:४१

२२ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीनवटै तहका सरकारलाई सहयोगी हुने गरी कानून निर्माण गर्ने बताएका छन् ।

उनले कानूनको अभावमा अहिले तीनवटै तहको सरकारको भूमिका, शक्ति बाँडफाँटको बिषयमा समेत अन्योलता कायम रहेको भन्दै त्यसलाई हल गर्न प्रदेश सरकार कानून निर्माणमा जुटिसकेको पनि जानकारी दिए ।

प्रदेश कानून जिल्ला समन्वय समिति सम्बन्धी छलफल तथा अन्तक्रियामा विहिबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले जिल्ला समन्वय समितिको काम, कतव्र्य र अधिकारको विषयमा पनि प्रष्ट हुनेगरी कानुन ल्याउने उनले बताए ।

उनले जिल्ला समन्वय समितिको भूमिका तीन तहका सरकारवीचको समन्वय गर्ने भएकाले सोही अनुसारको भूमिका प्रदान गर्ने खालको कानून निर्माण गरिने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति महासंघ प्रदेश १ का अध्यक्ष बवी चाम्लीङले जिल्ला समन्वय समितिका पदाधिकारीको मयार्दा के रहने, २८ चैतपछि जिल्लामा रहेका सरकारी कार्यालय खारेजी प्रकृयालाई रोकी जिल्ला समन्वय समिति अन्तर्गत ल्याउनु पर्ने,सेवा सुबिधाका विषयमा आफना कुरा राखेका थिए ।

जिल्ला समन्वय समिति महासंघ प्रदेश १ को आयोजनामा भएको कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी, सरस्वती पोखरेल,प्रदेश संसादहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?