+
+

नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन सुरु (लाइभ)

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २४ गते १३:१२

२४ चैत, नयाँ दिल्ली । नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि दुई देशबीच भएको समझदारी र महत्वपूर्ण सरकारी घोषणाका लागि संयुक्त पत्रकार सम्मेलन गरिएको हो ।

संयुक्त पत्रकार सम्मेलनअघि दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो । शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनरको सम्मान दिइएको थियो ।

प्रधानमन्त्री ओलीले शनिबार नै महात्मा गान्धीको समाधीस्थल पुगेर उनीप्रति सम्मान व्यक्त गरेका छन् । नेपाल र भारतका प्रधानमन्त्रीले

शनिबार नै वीरगञ्जस्थित एकीकृत जाँच चौकीको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?