+
+

प्रधानमन्त्रीले राराबाट देशबासीको नाममा सम्बोधन गर्ने, आजै उडे काठमाडौंबाट

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३० गते ११:१८


३० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन मुगुको राराबाट गर्ने भएका छन् । उनले शनिबार वैशाख १ गते राराबाट देशबासीलाई सम्बोधन गर्नेछन् ।

रारा पर्यटन वर्ष उदघाटनका लागि ओली मुगुको रारा जाँदैछन् । उनी शुक्रबार हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले दिउँसो बागलुङको ढोरपाटन अवलोकन गर्ने र त्यसपछि डोल्पाको दुनै बास बस्ने कार्यक्रम छ ।

शनिबार बिहान मुगुको राराबाट देशबासीको नाममा सम्बोधन गर्ने र रारा पर्यटन वर्ष–२०७५ उदघाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले त्यहाँबाट विद्यालय भर्ना अभियानको सुरुआत पनि गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?