Comments Add Comment

गोरेको बयान सकियो, आजै थुनछेक बहस हुने

सनमलार्इ यातना दिएको भिडियो देखाइयो

१३ जेठ, विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । जिल्ला अदालत मोरङमा जारी बयान ४ दिनपछि सकिएको हो ।

आजै केहीवेर पछि थुनछेक बहस थालिने जिल्ला अदालत, मोरङले जनाएको छ ।

बयानका क्रममा गोरेलाई सनम शाक्यलाई यातना दिएको भिडियो समेत देखाइएको थियो ।

उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।

गोरे लगायतको समूहले करिब ३८ क्वीन्टल सुन तस्करी गरेको अभियोग लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment