१३ जेठ, काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलर पुगेको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार नेपालीको प्रतिव्यक्ति आय पहिलो पटक एक लाख रुपैयाँ नाघेको हो ।
डलरको मूल्यअनुसार यो १ लाख ५ हजार रुपैयाँभन्दा बढी हुन आउँछ । पहिलो पटक नेपालीको ‘पर क्याप्टा इन्कम’ डलरमा फोर डिजिट भएर १ लाख रूपैयाँ माथि पुगेको हो ।
अघिल्लो वर्ष १ सय ५ डलरले बढेको नेपालीको प्रतिव्यक्ति आय ८६२ डलर भएको थियो । नेपालीको प्रतिव्यक्ति आय यो वर्ष १३८ डलरले बढेको हो ।