+
+

नेकपालगायत साना कम्युनिस्टले सरकारविरुद्ध प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २५ गते १६:५०

२५ जेठ, काठमाडौं । साना कम्युनिस्ट पार्टीहरुले सरकारविरुद्ध बिरोध प्रदर्शन घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द (विप्लव) र ऋषिराम कट्टेल नेतृत्वका दुई नेपाल कम्युनिस्ट पार्टी र नेकपा क्रान्तिकारी माओवादीले संयुक्त रुपमा बिरोध प्रदर्शनको घोषणा गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले विज्ञप्ति प्रकाशित गरी सरकार गठन भएको तीन महिना नवित्दै जनता महंगी र मूल्य बृद्धिको मारमा परेको भन्दै संयुक्त रुपमा बिरोध घोषणा गरिएको जानकारी दिएका छन् ।

तीन पार्टीले यही जेठ ३१ गते दिउँसो १ बजे शान्तिवाटिकामा विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सरकारले अरुण तेस्रोत बेचेको, नागरिकलाई विनापूर्जि पक्राउ गर्ने र थुन्ने जस्ता असंबैधानिक काम गरेको आरोप समेत लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?