२९ जेठ, काठमाडौं । रोमेलु लुकाकुको दुई गोलसँगै कोष्टारिकालाई हराउँदै बेल्जियमले विश्वकपको तयारी पुरा गरेको गरेको छ ।
आइतबार राति भएको खेलमा बेल्जियमले कोष्टारिकालाई ४-१ गोल अन्तरले हराएको हो । समूह जीमा रहेको बेल्जियम डिफेण्डर भिन्सेज्ट कोम्पनी बिना मैदान उत्रिएको थियो भने इडेन हर्जाडले पनि ७० मिनेट मात्र खेले ।
खेलमा अग्रता भने कोष्टारिकाले लिएको थियो । २४ औं मिनेटमा ब्रायन रुइजले भली गोल गरे ।
तर, यो अग्रता धेरैबेर टिकेन । ३१ औं मिनेटमा बेल्जियमका मार्टिन्सले बराबरी गोल गरे । ४२ औं मिनेटमा लुकाकुले गोल गर्दै टिमलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।
दोस्रो हाफको सुरुमा नै लुकाकुले दोस्रो गोल गरे भने ६४ औं मिनेटमा मिसी बाट्शेयीले गोल गरे ।
समूह जीमा रहेको बेल्जियमले सोमबार पानामाविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ ।