+

कसलाई, किन र कसरी हुन्छ स्तन क्यान्सर ? डा. प्रफुल्ल शाक्यको जवाफ

२०७५ असार  ३ गते ११:४७ २०७५ असार ३ गते ११:४७
कसलाई, किन र कसरी हुन्छ स्तन क्यान्सर ? डा. प्रफुल्ल शाक्यको जवाफ

महिलाहरुमा देखिने विभिन्न क्यान्सरहरुमध्ये स्तन क्यान्सर दोश्रो स्थानमा पर्दछ । नेपालमा स्तन क्यान्सर हुनको मुख्य कारणबारे हाल विभिन्न अध्ययन अनुसन्धानहरु भइरहेकाले नेपाली महिलाहरुमा स्तन क्यान्सर किन हुन्छ भनेर अहिले नै भन्न सकिदैन ।

अझ भनौ, नेपालमा स्तन क्यान्सरको प्रमुख कारण पत्ता लगाउनकै लागि हाल स्तन क्यान्सर पिडितको तथ्यांक संकलन गर्ने काम भैरहेको छ । जसको रिपोर्ट पााच देश दश वर्ष भित्रमा सार्वजनिक हुनेमा हामी विश्वस्त छौ ।

किन लाग्नसक्छ स्तन क्यान्सर ?

यद्यपी, वंशाणुगत कारण, हर्मोन रिप्लेसमेन्ट थेरापी, कम उमेरमा महिनावारी हुने, महिवारी ढिलो बन्द हुने लगायतका कारण पनि स्तन क्यान्सर हुने सम्भावना धेरै भएको पाइन्छ ।
त्यसबाहेक, स्तन क्यान्सर हुने व्यक्तिको शरीरमा एस्ट्रोजनको मात्रा धेरै भएको पाइन्छ ।

कसरी थाहा पाउने ?

स्तन क्यान्सर भएमा स्तनमा गाठागुठी आउने, रगत, पीप बग्ने, स्तनको आकारमा असामान्य वृद्धि हुने, स्तन सुन्निने गर्दछ ।

स्तन क्यान्सर विशेषगरी स्तनमा कोषिकाहरुको असामान्य वृद्धिका कारण हुने गर्छ । यस्ता क्यान्सर स्तनको कुनै पनि भागमा हुनसक्छ । र , यस्ता क्यान्सर क्रमिक रुपमा स्तनमा विकास हुने गर्दछ । कसैकसैलाई मात्र यसले तुरुन्तै आक्रमण गर्दछ ।

कसलाई हुन्छ स्तन क्यान्सर ?

स्तन क्यान्सर महिलाहरुलाई बढी हुने भएकोले यसको आजीवन जोखिममा पनि प्रायः महिलाहरु नै रहने गर्दछन् । जबकी कुल जनसंख्याको एक प्रतिशत भन्दा कम पुरुषहरुलाई मात्र स्तन क्यान्सरको जोखिम हुने गर्दछ । नेपालको परिप्रेक्षमा स्तन क्यान्सर हुने मध्ये ३० वर्ष देखि ५० वर्ष उमेर समूहका महिलाहरुमा स्तन क्यान्सरको जोखिम ४० प्रतिशत रहने गरेको पाइन्छ ।

त्यस्तै, ४० वर्ष माथिका महिलाहरुमा पनि स्तन क्यान्सर हुने जोखिम बढी हुने भएकाले यो उमेर समूहका महिलाहरुले नियमित रुपमा म्यामोग्राम गर्नु पर्दछ ।
किन र कहिले गर्ने स्तन जााज ?

स्तन क्यान्सर विशेषज्ञको सल्लाहमा स्तन क्यान्सरको जोखिम मापन गरेर एक वर्ष वा दुई वर्षमा स्तनको नियमित जााच गर्नु पर्दछ ।

स्तन क्यान्सर भएको शंका लागेमा स्तनको नियमित चेकजााच गर्नु पर्दछ । र, स्तन क्यान्सर भएको पत्ता लागेमा सुरुवाती अवस्थामा नै यसको प्रभावकारी उपचारद्धारा यसलाई पूर्णतया निको पार्न सकिन्छ ।

नेपालमा स्तन क्यान्सरको रोकथाम सम्भव छ ?

नेपालमा स्तन क्यान्सरको रोकथाम खासै सम्भव देखिन्न । तैपनि नियमित चेकजाच, ब्रेस्ट स्कि्रनिङ्ग, म्यामोग्राम गरेर पनि स्तन क्यान्सर हुनबाट केही हदसम्म बच्न सकिन्छ ।

तर यसको लागि स्तनमा गाठागुठी देखिनु पूर्व नै स्तनको स्कि्रनिङ गराउनु पर्दछ । प्राय नेपाली स्तनमा स्तनमा गाठागुठी देखिए पछि मात्रस्तनको स्कि्रनिङ गराउने गर्दछन् । जुन गलत हो । एक पटक क्यान्सर रोग लागिसकेपछि स्कि्रनिङ गरेर खासै फाइदा नहुने भएकोले पनि स्तन क्यान्सर हुन अगाडी नै यसको स्त्रिmनिङ गर्न सुझाव दिने गरिन्छ ।

(लेखक ब्रेस्ट अन्कोप्लाष्टिक सर्जन हुन्)

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

उच्च रक्तचाप भएकालाई उपयोगी १३ खानेकुरा

उच्च रक्तचाप भएकालाई उपयोगी १३ खानेकुरा

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

युरिक एसिड कसरी हुन्छ ?

युरिक एसिड कसरी हुन्छ ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)