Comments Add Comment

बेल्जियमविरुद्ध खेल्दा कठिन क्षणका लागि पनि तयार रहनुपर्छः लोरिस


२६ असार, काठमाडौं । फ्रान्सका गोलकिपर ह्युगो लोरिस विश्वकपको क्वार्टरफाइनलमा आफ्नो उत्कृष्ट लयमा फर्किए । तर, सेमिफाइनलमा बेल्जियमको सामना गर्दा त्यसलाई कायमै राख्नु उनका लागि निक्कै चुनौतीपूर्ण छ ।

अनुभवी लोरिसले सामना गर्न लागेको बेल्जियम त्यही टिम हो, जसले विश्वकपमा सर्वाधिक १४ गोल गरिसकेको छ ।

‘मलाई लाग्छ बेल्जियम प्रतियोगिताकै पूर्ण टिम हो’ ३१ वर्षे लोरिसले भने, ‘उनीहरुको डिफेन्स राम्रो छ । आक्रमण र प्रत्याक्रमण कसरी गर्ने पनि उनीहरुलाई थाहा छ । उनीहरु एयर र ग्राउण्ड बलमा पनि राम्रा छन् ।’

बेल्जियमबाट फ्रान्सलाई थुप्रै चुनौती छ, जसमध्ये फरवार्ड इडेन हर्जाडको गति र ट्रिक तथा यो विश्वकपमा चार गोल गरिसकेका रोमलु लुकाकोको सामथ्र्य र फिनिसिङ प्रमुख हुन् । यसका साथै बेल्जियमका डिफेन्डरहरु जान भेर्टोनघेन र भिन्सेन्स कोम्पानी र मिडफिल्डर मारोउनले फेलाइनीको हेडिङ क्षमता पनि फ्रान्सका लागि चिन्ताको विषय बन्न सक्छ ।

फ्रान्ससँग खेल्नुअघि बेल्जियमले प्रिक्वार्टरफाइनलमा जापानसँग २–० ले पछि परेको अवस्था उल्टाएर ३–२ को जित निकालेको थियो भने बलियो ब्राजिललाई २–१ ले हराएको छ ।

बेल्जियमको टिममा शानदार पुस्ता रहेको भन्दै गोलकिपर लोरिसले भने, ‘उनीहरुलाई हराउन हामीले अन्त्यन्त राम्रो खेल्नुपर्छ र आफ्नो भाग्य बनाउनुपर्छ ।’

‘हामीलाई थाहा छ कि खेलमा कठिन क्षण पनि आउँछ र त्यसको सामना गर्न हामी तयार हुनुपर्छ । हाम्रो टिममा महान स्परिट छ ।’ उनी भन्छन् ।

लोरिसले टोटनह्यामबाट प्रिमियर लिग खेल्दा बेल्जियमका टोलीमा थुप्रै खेलाडीहरुको बलको सामना गरिसकेका छन् । ‘उनीहरुमध्ये धेरैले प्रिमियर लिग खेल्छन्, त्यसैले उनीहरुबारे थाहा छ’ उनले भने, ‘मेरै टिमका तीन जना पनि छन् ।’

लोरिसले अगाडि भने, ‘उनीहरुले जापानलाई एक प्रकारले असाधारण किसिमबाट हराए र विश्व्कपको दावेदार ब्राजिललाई पनि स्तब्ध बनाए । मलाई लाग्छ, बेल्जियमका खेलाडीहरु उच्च मनोबलका साथ उत्रिनेछन् ।’

फ्रान्स पनि कमजोर टिम होइन । नकआउट चरणको पहिलो खेलमा नै अर्जेन्टिनालाई हराएको उसले क्वार्टरफाइनलमा उरुग्वेलाई पन्छाएको थियो । केलियन एम्बाप्पेका साथै एन्टोनी ग्रिजम्यान, जिरउड र डेम्बेलेको बलियो फरवार्ड लाइन फ्रान्ससँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment