Comments Add Comment

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो

३ साउन, काठमाडौं । अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

बिहीबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । त्यसको ५ घन्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले पानी पर्न रोकिएकाले छोटो समयमा नै सडकको अवरोध हटाएर सञ्चालनमा ल्याइएको बताए ।

सडक सञ्चालनमा आएसँगै लामो समय जाममा फसेका सवारीहरु गन्तव्यतर्फ लम्केका छन् ।

सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण यो सडकखण्डमा पहिरो जाने र  भासिने समस्या देखिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment