+
+

काठका पोल विस्थापित गर्न ऊर्जामन्त्री पुनको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ६ गते १९:०२

६ साउन, काठमाडौं । विद्युत लाइन वितरण गर्न प्रयोग गरिएका काठका पोल विस्थापित गर्न ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुनले निर्देशन दिएका छन् ।

केही समययता रामेछाप लगायत विभिन्नन ठाउँमा विजुलीको नांगो तारले छोएर चार जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री पुनले आइतबार अब देशभर काठका पोल विस्तावित गर्न निर्देशन दिएका हुन् ।

ऊर्जामन्त्री पुुनले आइतबार नै ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीसँग छलफल गरेका छन् ।

मन्त्री पुनले काठ र स्टिलका पोलहरूका कारणले मानवीय क्षती बढिरहेको भन्दै तत्काल समस्याको समाधान गर्न निर्देशन दिए । उनले विद्युतीकरणको सुरक्षाको पाटोलाई ध्यान आग्रह समेत गरेका छन् ।

विद्युतीकरणमा गुणस्तरहीन कामसमेत हुने गरेको उल्लेख गर्दै ऊर्जामन्त्री पुनले गुणस्तरयुक्त काम बनाउने दिशातर्फ ध्यान दिन पनि निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?