Comments Add Comment

बलिउड कलाकारहरु मोहन जोशी र किरण कुमार मधेश आउने

२८ साउन, सप्तरी । बलिउड कलाकारहरु मधेश आउने भएका छन् । मधेशमा निर्माण हुने मैथिली फिल्ममा अभिनय गर्न बलिउड कलाकारहरु प्रदेश २ मा आउने पक्का भएको छ ।

मधेशी पुत्र ३ फिल्ममा अभिनय गर्नका लागि बलिउड कलाकारहरु मोहन जोशी र किरण कुमार मधेश आउने फिल्मका निर्माता तथा निर्देशक निराजन मेहताले जानकारी दिए । मेहताका अनुसार आगामी दशैंबाट यो फिल्मको छायांकन प्रारम्भ गरिनेछ ।

दशैंबाट छायांकन प्रारम्भ भए पनि मोहन जोशी र किरण कुमार दीपावलीसम्म यता आउनेछन् । मेहताले यसअघि मधेशी पुत्र र मधेशी पुत्र २ फिल्मको निर्माण सम्पन्न गरिसकेका छन् । उनले निर्माण गरेको मधेशी पुत्र २ फिल्म रिलिजमा नेपाल चलचित्र विकास बोर्डले रोक समेत लगाएको थियो । पछि केही दृश्य हटाइएपछि यो फिल्मलाई प्रदर्शनको अनुमति दिइएको थियो ।

मधेशी पुत्र २ फिल्ममा मधेशमा देखिएका समस्याहरुलाई उजागर गरिनेछ । फिल्ममा बलिउड कलाकार मोहन जोशी वरिष्ठ समाजसेवीको भूमिकामा देखिनेछन भने किरण कुमार खलनायकको भूमिकामा देखापर्ने निर्देशक मेहताले बताए ।

मेहताले यसअघि निर्माण गरेको दुबै मधेशी पुत्र फिल्मले मधेशका साथै विदेशमा पनि राम्रो नाम कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment