Comments Add Comment

लोग्नेले फोन फुटाएपछि डिभोर्स

प्रतीकात्मक तस्वीर

छिमेकी मुलुक भारत अनौठा घटनाका लागि प्रख्यात नै छ भन्दा फरक पर्दैन । हालै भारतको भोपालमा एउटा यस्तै घटना भएको छ ।

भोपालमा एक दम्पत्तिबीच मोबाइल फोन फुटाएको निहुँमा डिभोर्स हुन लागेको छ ।

समाचार अनुसार पति र पत्नी दुबैजनामा मोबाइल फोन अत्यधिक चलाउने लत नै रहेछ । दुबैजना जतिखेर पनि मोबाइलमै झुण्डिरहने । एकदिन यस्तो घटना घट्यो की मोबाइलकै कारण उनीहरु डिभोर्स गर्ने निर्णयमा पुगे । खासमा एकदिन पत्नी चाहीँ मोबाइलमा कसैसँग कुरा गरिरहेको बेला एक्कासी रिसमा झोँकमा पतिचाहीँले मोबाइल खोसेर भुइँमा बजारिदिए । त्यतिमात्र होइन उनले पत्नीमाथि हात पनि उठाए । यस्तो सहनु परेपछि पत्नी चाहीँले पुलिसमा उजुरी गरिन् र डिभोर्सको लागि केश प्रशासन कार्यालयसम्म पुग्यो । तर अड्डाका प्रमुखले यस्तो जुक्ति लगाए कि त्यो दम्पत्ति डिभोर्सको निवेदन फिर्ता लिई पुनः मिलेर बस्न राजी भयो ।

खासमा प्रशासन प्रमुखले आफ्नो इजलासबाट आदेश जारी गर्दै ती महिला पुरुषलाई लगातार तिन दिनसम्म तारेखमा धाउन निर्देशन दिए । तिन दिनसम्म सँगै अड्डामा आउने र दिनभर इजलास बाहिर सँगै बस्ने गरेमा मात्र डिभोर्सको फैसला गर्ने सर्त उनको थियो ।

सोही मुताविक उक्त दम्पत्ति तिन दिनसम्म सँगै अड्डा आउने र दिनभर इजलास बाहिर सँगै बस्ने गर्न थाल्यो । यसरी इजलास बाहिर बस्दा उनीहरुसँग मोबाइल फोन हुँदैनथ्यो । हातमा मोबाइल नभएपछि दुईजनाले एक अर्कामा कुराकानी गर्न थाले । उनीहरुबीच यस्तो खुलस्त कुराकानी भयो कि मनमा रहेको शंका तथा रिस सबै साम्य भयो । मन माझामाझ भएपछि दुबैजनाले घरबार नटुटाउने निधोमा पुगे । अन्ततः उनीहरुले अड्डामा दायर गरेको डिभोर्सको निवेदन नै फिर्ता लिए ।

रिसको झोँकमा डिभोर्स गर्ने टुंगोमा पुगेका ती तन्नेरी दम्पत्तिको दाम्पत्य जिवन टिकाइदिने हाकिमको जुक्तिले साँच्चीकै काम गर्यो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment