+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जनप्रतिनिधिलाई प्रधानमन्त्रीको सुझाव : सुविधा उपभोगमा मात्रै नलाग्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ३१ गते १५:५०

३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले नरुचाउने काम नगर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

कतिपय सुविधा कानूनले दिएको भनेर उपभोग नगर्न प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई सजग गराएका छन् । राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराउँदै उनले त्यस्ता सुविधालाई अत्यावश्यकबाहेक अहिले त्याग गरेर जनताको मन जित्न आग्रह गरे ।

गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार सिंहदरबारमा अन्तर्क्रिया गर्दै प्रधानम्ान्त्री ओलीले जनप्रतिनिधिले विभिन्न सुविधा उपभोगमा मात्रै ध्यान दिएको प्रति चासो राखेका हुन् ।

‘कतिपय ठाउँमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षले महंगा गाडी किनेको, कतिपय वार्ड अध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएका गुनासाहरु आएका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु जनप्रतिनिधि हो । त्यसकारण जनताले नरुचाउने काम नगर्नुहोस् । जनताले जे रुचाउछन् त्यस काममा केन्द्रित हुनुहोस् ।’

प्रधानमन्त्री ओलीले गाउँपालिका दुर्गम ठाउँमा हुने, साधन स्रोतको कमी हुने भएकोले त्यहाँका जनप्रतिनिधिले धेरै चुनौतीमा काम गर्नुपर्ने बाध्यता रहेको बताए । ‘जतिसुकै चुनौती भए पनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो’ उनले भने ‘दुर्गमका बस्तीहरु, राज्यको सेवा सुविधा नपुगेका जनताहरुमा तपाईंहरुले नै सेवा प्रवाह गर्ने हो ।’

स्थानीय तहका जनप्रतिनिधिका कामबाट जनताले प्रदेश र संघीय सरकारप्रतिको पनि धारणा बनाउने भएकोले आफ्नो आचरणमा विशेष ख्याल गर्न प्रधानमन्त्रीले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?