+
+

दशाैं कृति अवार्डस् सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १२ गते २१:१९

१२ भदौ, काठमाडौं। नेपाली विज्ञापन सिर्जनाको सम्मानार्थ २०६० सालदेखि गरिदै आएको कृति अवार्डसको दशौं संस्करण ‘नेपाल आइस दशौ कृति अवार्डस् २०७५’ होटल सोल्टिमा विशेष समारोहका बीच सम्पन्न भयो ।

कार्यक्रमको उदघाटन गर्दै सूचना तथा संचार प्रबिधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालमा क्लिन फिड लागु गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रममा बिजयि २८ बिधाका विज्ञापनहरुलाई अतिथिहरुबाट अवार्ड तथा खादा प्रदान गरिएको थियो ।

८०० बढी दर्शक बिच गरिएको यो समारोहमा जितु नेपाल, दिपाश्री निरौला तथा प्रियंका कार्कीको कमेडि तथा नृत्य प्रस्तुति थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन लगायत सबै स्याटलाइट टिभीले गरेका थिए । कार्यक्रममा सहभागी बक्ताहरुले क्लिन फिड र नेपालको विज्ञापन व्यबसायलाई व्यबस्थित गर्न विज्ञापन काउन्सिल आबश्यक रहेकेा बताएका थिए ।

दशौ कृति अवार्डसमा प्रायोजक नेपाल आइस, सिजिसिमेन्ट, यतिकार्पेट, सफि्ट हाइजिन, मुक्तिनाथ बिकास बैक, नेपाल पर्यटन बोर्डलाई सम्मान-पत्र दिइएको छ । बिजयी हुने एजेन्सिहरुमा पि्रज्मार्क-६, अभानि-५, एएनएस-५ एड मिडिया-५, बिजनेस एडभान्टेज-३ , भिचित्र-३, ओएस्टर-२, मेकवेज-२, लेमन-२, आउटरिच-२, कि एडभरटाजिङ-१, डिजिटलइन-१, कि्रयो-१, म्याक्स मिडिया-१, एसपि मिडिया-१, मिटिङ प्वाइन्ट-१, इको -१ रहेका छन् ।

कार्यक्रमको सभापतित्व गर्दै आनका अध्यक्ष रबिन्द्र कुमार रिजाल “शशि” ले प्रायोजक, जुरि, निर्णायक मण्डल, सहभागि एजेन्सि तथा सम्पूर्ण मिडियालाई धन्यबाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?