+
+

प्रधानसेनापति प्रदेश १ को दुई दिने भ्रमण सकेर फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २७ गते १८:४२

२७ भदौ, इटहरी । नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापा प्रदेश १ मा रहेका विभिन्न बाहिनी, गण र पृतना अड्डाको निरीक्षण भ्रमण सकेर काठमाडौं फर्किएका छन् ।

प्रदेश १ विभिन्न सैनिक अड्डाहरुको निरीक्षण सकेर थापा बुधबार काठमाडौं फर्केका हुन् । उनी मंगलबार पूर्व आएर इटहरीमा बास बसेका थिए ।

प्रधानसेनापति थापाले बुधबार झापाको २१ नम्बर बाहिनी, उदयपुरको १८ नम्बर बाहिनी र इटहरीस्थित पूर्वी पृतनाको निरीक्षण एवं सलामी ग्रहण गरेका छन् ।

प्रधानसेनापति थापाले मंगलबार धनकुटाको २ नम्बर बाहिनी अड्डा एवं बरख गणको निरीक्षण भ्रमण गरेको जंगी अड्डाले जानकारी दिएको छ ।

निरीक्षणका क्रममा थापाले सैनिक अड्डाहरुको बन्दोबस्ती, सुरक्षाको वस्तुस्थिति आदि विषयमा जानकारी लिएको जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?