+
+

नीता ढुंगानाः जहाँ पुग्छिन्, अवार्ड पाउँछिन्

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २ गते १२:२१

नायिका नीता ढुंगानाले चलचित्र ‘पञ्चायत’मा गरेको अभिनयको सर्वत्र प्रशंसा भैरहेको छ । नीताले यो चलचित्रमा १४ बर्षकी यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । यसैले पनि नीता यो बर्ष आयोजना भएको अवार्डको मुख्य हकदार हुन् । तर, नायिका नीता ढुंगाना जुन अवार्ड समारोहमा पुगेकी छिन्, त्यहाँ उनले अवार्ड पाएकी नै छिन् ।

यो बर्ष आयोजना भएको पहिलो अवार्ड ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा नीता पुगिनन्, अवार्ड पनि थापिनन् । यो बर्ष आयोजना भएको दोश्रो अवार्ड ‘डी सिने अवार्ड’को सुरुवातदेखि नै कार्यक्रममा पुगेर बसेकी नीताले अन्त्यमा अवार्ड थापिन् । उनले चलचित्र ‘पञ्चायत’बाट उत्कृष्ट नायिकाको अवार्ड थापेकी थिइन् । यो कार्यक्रममा पुग्ने नायिकाहरुमा नीता एक्ली थिइन् ।

आइतबार भएको ‘सिनेमा सर्कल अवार्ड’मा पनि नायिका नीता ढुंगाना कार्यक्रमको सुरुवातमै पुगिन् र पुरा अवधी बसिन् । नोमिनेशनमा परेका ५ जना नायिकामा अवार्डमा पुग्ने नीता मात्र थिइन् । यसैले पनि नीताले अवार्ड पाउँछिन् भनेर अड्कल लगाउने सबै थिए । उनले अवार्ड पाइन् पनि ।

केही हप्ता अगाडि अमेरिकामा आयोजना भएको ‘नेम्पा पपुलर फिल्म अवार्ड’मा पनि नीता पुगेकी थिइन् । उनले अवार्ड जितिन् । नीता नपुगेको कार्यक्रममा उनले अवार्ड पाएकी छैनन्, पुगेको कार्यक्रममा पाएकी छिन् । आखिर, आयोजकले पहिले नै अवार्ड पाउँदै हुनुहुन्छ आउनुहोला भनेर बोलाउँछ कि नीता पुग्नु र अवार्ड पाउनु संयोग मात्र हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?