+
+

निजगढमा होइन, सागरनाथमा अन्तर्राष्ट्रिय विमानस्थल बनाऔं : डा. कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ४ गते ९:०४

४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीको सागरनाथमा बनाउँदा उपयुक्त हुने बताएका छन् ।

मानसरोबरको यात्रामा निस्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै डा. कोइरालाले निजगढ नजिकै सर्लाहीको सागरनाथमा ३ हजार बिघा जग्गा रहेकाले त्यही जग्गामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइनुपर्ने बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा २४ लाख रुख काट्ने खबरले आफ्नो ध्यान आकृष्ट गरेको उनले बताए ।

एकैपटक यति धेरै रूख काट्दा वातावरणमा नकारात्मक असर पर्ने भन्दै उनले भयावह अवस्था आउनसक्ने तर्फ सबै सजग हुनुपर्ने बताए । रुख काट्ने र विमानस्थल बनाउने विषयमा बेलैमा सरकोरवाला निकायको ध्यान जानु आवश्यक हुने उनको भनाइ छ ।

मानसरोवरको धार्मिक भ्रमणमा रहेका डा. कोइरालाले चीनको स्वशासित क्षेत्र तिब्बतका लागि चिनियाँ बिदेश मन्त्रालयका उपमहानिर्देशक लिउ लिनसँग ल्हासामा भेटघाट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?