काठमाडौं । श्रीलंका क्रिकेट बोर्डले एसिया कपमा खराब प्रदर्शनपछि कप्तान एन्जेलो म्याथुलाई बर्खास्त गरेको छ । अब इंग्ल्याण्डविरुद्धको सिरिजमा टेष्ट कप्तान डिनेश चण्डमालले नै सबै फर्म्याटकाे टिमको कप्तानी गर्नेछन् ।
श्रीलंकाले आगामी अक्टोबरमा पाँच एकदिवसीय, एक टी–२० र तीन टेष्ट सिरिज खेल्नेछ ।
एसिया कपमा श्रीलंकाले बंगलादेश र अफगानिस्तान दुबैसँग हार व्यहोरेपछि म्याथुको आलोचना भएको थियो ।
श्रलंकाले जनवरी २०१७ पछि खेलेको ४० मध्ये ३० खेलमा हार व्यहोरेको छ ।