+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

छापामा आजः वन मासेर प्रदेश ७ को राजधानी बनाउन प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ११ गते ७:१०

११ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा अपराध, पूर्वाधार निर्माणलगायत विषय परेका छन् ।

देशका विभिन्न स्थानमा भएका बलात्कार तथा निर्मला पन्तको बलात्कारपछिको हत्या र त्यसपछि भएका अन्य यस्तै प्रकृतिका घटनाबारे प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई आजका पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर छापेका छन् ।

पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै वन मासेर प्रदेश ७ को राजधानी बनाउन प्रस्ताव गरिएकोदेखि निजगढ विमानस्थल निर्माणबारेकाे चर्चा परिचर्चा पनि छ ।

यसका अतिरिक्त कृत्रिम अभाव र बढी भाडा असुल्नेलाई अब ठगी मुद्दामा कारबाही हुने भएको, काठको आयबाटै निजगढमा विमानस्थल सम्भव देखिएको, नेकपाले छनोट गरेको प्रदेश नेतृत्व माधव नेपालले अस्वीकार गरेकोलगायत समाचारलार्इ पनि पत्रपत्रिकाहरूले पहिलाे पृष्ठमा कभरेज गरेका छन् ।

वन मासेर प्रदेश राजधानी बनाउन प्रस्ताव

कान्तिपुर दैनिकले आज कैलालीका वनभित्र ६ वटा राष्ट्रिय आयोजना सञ्चालन भएकामा प्रदेश ७ को राजधानी पनि प्रस्ताव गरिएको खबर छ ।

कैलालीको गोदावरीस्थित वन क्षेत्रमा राजधानी राख्ने प्रस्ताव गरिएको हो ।

जंगल क्षेत्रमा राजधानी राख्ने प्रस्ताव गरिएसँगै विरोधका स्वरहरु बाहिर आउन थालेका छन् । जंगल क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताविरुद्ध हुने भन्दै कांग्रेसले प्रदेश ७ को राजधानी कैलालीको गोदावरीमा राख्ने प्रस्तावको विरोध गरेको छ । उसले प्रस्तावको विरोधमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा गृहमन्त्री रामबहादुर थापाले पुँजीवादका कारण बलात्कार बढेको भनेर व्यक्त गरेको भनाइलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ ।

इलाममा जुत्ता लगाएर मात्र गाडी चलाउनु पर्ने नियम बनाइएकोलाई कान्तिपुरले एंकर बनाएको छ । समाचार अनुसार दशैं तिहारमा हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्न जुत्ता अनिवार्य गरिएको हो । जुत्ता नलगाएमा जरिवानादेखि लाइसेन्स खारेजीसम्मको काबारही हुन सक्ने प्रावधान राखिएको समाचारमा उल्लेख छ । }

६० हजारमा नागरिकता

सहमति कार्यान्वयनमा सरकारले आलटाल गरेपछि गोविन्द केसी फेरि अनशन बस्ने मुडमा पुगेकोलाई नागरिकले मुख्य समाचार बनाएको छ ।

नागरिकमै ६० हजारमा नक्कली नागरिकता बन्ने गरेको खबर पनि छ । विभिन्न प्रक्रिया पूरा गरेर मात्रै लिन सकिने नागरिकताको सप्तरीमा भने मोलमोलाइ हुने गरेको छ । समाचार अनुसार यो जिल्लामा सक्रिय गिरोहले न्यूनतम ६० हजारदेखि २ लाख रुपैयाँसम्म निर्धारण गरेको छ ।

नक्कली नागरिकता लिएको आरोपमा पछिल्लोपटक पक्राउ परेका एक भारतीय व्यापारीले सप्तरी प्रहरीसमक्ष दिएको बयानका आधारमा पनि यस्ता तथ्य प्रमाणित हुन्छन् ।

नयाँ पत्रिकाले काठको आयबाटै निजगढमा विमानस्थल सम्भव भएको, प्रदेश नेतृत्व छनोटप्रति नेकपाका वरिष्ठ नेता माधव नेपाल असन्तुष्ट बनेकोलगायत खबर छन् ।

र, यो पनि– हेटौंडामा पुरुषद्वारा पुरुष बलात्कृत

अन्नपूर्णले ‘सरकार बिन्ती छ, कलिला फूलहरु जोगाऊ’ शीर्षकको आलेख प्रकाशित गरेको छ । विश्वकै आखा नेपालतिर भनेर प्रधानमन्त्रीले एसिया सोसाइटीले न्यूयोर्कमा आयोजना गरेको अन्तरक्रियामा प्रधानमन्त्री केपी ओलीले व्यक्त गरेको भनाइलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।

अन्नपूर्णकै भित्री पृष्ठमा पुरूषद्वारा पुरूष बलात्कृत भएकाे खबर पनि छ । हेटौंडा नगरपालिका–८, कमानेका ६० वर्षीय केशव सिंखडाले ३० वर्षीय एक सुस्तमनस्थितिका युवालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समूहले बुधबार बिहान कालोमोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका छन् ।

सिंखडाले मंगलबार साँझ मनकामना चोकनजिक बारीमा ती युवकलाई करणी गरेको स्थानीय दुई महिलाले देखेपछि घटना सार्वजनिक भएको हो ।

अन्नपूर्णका अनुसार पीडकलाई माफी दिन पीडित पक्ष र गाउँले राजी भएपछि सहमति भएको छ ।

राजधानीले आर्थिक वृद्धिदर थप कमजोर हुनसक्ने लेखेको छ भने गोरखापत्रमा भूकम्पपीडितले ३ लाख सहुलियत ऋण पाउने समाचार छ ।

हेर्नुहाेस् पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?