+
+
Shares

राजविराजका मुख्य न्यायाधीश भन्छन् : अदालतमा संकटकाल घोषणा गर्ने स्थिति छ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ११ गते १८:४६

११ असोज, सप्तरी । उच्च अदालत जनकपुरको राजविराज इजलासका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले अदालतमा संकटकाल घोषणा गर्ने स्थिति आएको बताएका छन् ।

अन्य अदालतमा यहाँ मुद्दाको अत्यधिक चाप रहेको र फछ्र्याैट अत्यन्तै कम भएको भन्दै उनले संकटकाल नै लगाउने अवस्था रहेको बताएका हुन् ।

केही दिनअघि न्यायाधीशहरु आर्थिक प्रलोभनमा परेर मुद्दाहरु राम्रोसँग नहेरेको भन्दै कानुन व्यवसायीले आन्दोलन गरेपछि उच्च अदालतका सबै न्यायाधीश हटाएर नयाँ ल्याइएको छ ।

नयाँ न्यायाधीशको टोलीसँग गरिएको कार्यक्रममा मुख्य न्यायाधीश श्रेष्ठले न्यायका लागि संकटकाल घोषणा गर्ने स्थिति आइसकेको बताए । ‘मुद्दाको चाङ अत्यधिक छ, कर्मचारी र न्यायाधीश त्यो संख्यामा छैनन्’ श्रेष्ठले भने, ‘यस्तो अवस्थामा संकटकाल नभने के भन्ने ?’

उनले अगाडि भने, ‘अदालतमा १० हजार जति मुद्दा रहेको र न्यायाधीश १० जनामात्रै छन्, कर्मचारीहरुको संख्या पनि थोरै छ । यत्रो मुद्दा कसरी फछ्र्याैट गर्ने ?’मुद्दा धेरै फर्छ्यौट गर्न द्रुत गतिमा मुद्दा हेर्दा पनि फैसलामा त्रुटी हुन सक्ने भएकाले सतर्क रहनुपर्ने आवश्यकता औल्याए ।

मुख्य न्यायाधीश श्रेष्ठले आफूहरु मुद्दाको चाप घटाउन लागिपरेको बताउँदै यसमा कानुन व्यवसायीसहित सबै सरोकारबालाहरुले सहयोग गर्नुपर्ने बताए ।

बिचौलिया हटाउन प्रमाण पत्र

अदालतले आफ्ना नियमित प्रयोगकर्तालाई परिचय वितरण गरेको छ । अदालतमा मुद्दा लड्ने व्यक्तिहरुको वारेश रहेका र लेखापढी गर्दै आएकाहरुलाई अदालतमा प्रवेशका निम्ति परिचय पत्र वितरण गरिएको मुख्य न्यायाधीश श्रेष्ठले बताए ।

उनले कामका लागि आउनेलाई मात्र अदालतमा प्रवेश दिन र विचौलियाहरुको संख्यामा कमी ल्याउन परिचय पत्रको व्यवस्था गरिएको बताउँदै परिचय पत्र नभएका व्यक्ति अब अदालतमा प्रवेश गर्न नसक्ने बताए ।

अदालतले पहिलो चरणमा ४० जनालाई यो परिचय पत्र दिएको छ । परिचय पत्र वितरण गरेसँगै अदालतको मुख्य गेटमै अब सधैं चेकिङ हुनेछ । कम्तीमा दुई वटा मुद्दाको वारेस भएका र कानुन व्यवसायीको ल र्फमसँग आबद्व रहेका लेखापढी गर्नेहरुलाई यो परिचय पत्र प्रदान गरिएको अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?