१२ असोज, गुल्मी । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले गृह जिल्लामा रहको आफ्नो घरलाई धर्मशाला बनाउने भएका छन् ।
कार्यक्रमको सिलसिलामा गृह जिल्ला गुल्मीमा आएका खनाललाई शुक्रबार उद्योग वाणिज्य संघ रिडीले आयोजना गरेको कार्यक्रममा जिल्लाको रुरु स्थित रिडीमा रहेको आफनो पुर्ख्याैली घरलाई धर्मशाला बनाउने बताएका हुन् ।
उनले आफ्ना पिताको सम्झनामा घरलाई धर्मशाला निर्माण गर्न इन्जिनियर सहितको टोलीले अध्ययन गराएका हुन् ।
पुरानो संरचनामा बनेको २ तले घरलाई भत्काएर नयाँ डिजाइनमा धर्मशाला बनाउने बताएका हुन् । तीन जिल्लाको संगमन स्थल रहेको रुरु स्थित रिडीमा आफना पिताको सोच पनि धर्मशाला बनाउने रहेकाले बुवाकै सम्झनामा घरलाई धर्मशाला बनाउने निर्णय गरेको बताए ।
कार्यक्रममा महानिरीक्षक खनालले गुल्मीकै पानी खाएर फेरि यहाँकै पानी खाना आएको बताएका थिए ।
गुल्मीको माटोको आशिरवादले यो तहसम्म पुग्न सफल भएकाले आफ्नो जिल्लाको लागि केही गर्नु पर्छ भन्ने सोच रहेको बताएका थिए ।
उनले जिल्लाको शीर ठाडो हुने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘पद बोकेर होइन आत्मियता बोकेर आएको छु,’ उनले अघि भने, ‘त्यसैले पदको भन्दा पनि आफन्तको नाताले बोलाउनुस ।’
रिडीमा आयोजित कार्यक्रममा स्थानीयले सशस्त्र प्रहरीको सानो क्याम्प राखिदिन आग्रह गरेका थिए । रिडी गुल्मीकै प्रबेशद्धार रहेकाले यस क्षेत्रको सुरक्षा देखि हरेका क्रियाकलापको लागि सशस्त्र प्रहरीको क्याम्प आबश्यक रहेको स्थानीयको भनाइ छ ।
सदरमुकाम तम्घासको कार्यक्रमको लागि गृह जिल्ला आएका खनाललाई रिडीमा स्थानीयले भव्य सम्मान गरेका थिए ।
उद्योग वािण्ज्य संघ रिडी शाखा, स्थानीय आमा समूहलगायत बिभिन्न संघ संस्थाले सम्मानसमेत गरेका थिए ।
प्रतिक्रिया 4