Comments Add Comment

नानाको पक्ष लिँदै राखीले भनिन्ः तनुश्री ड्रग्स खाएर बेहोस थिइन्

बलिउडकी कन्ट्रोभर्सी क्वीन राखी सावन्तको अभिव्यक्तिलाई कसैले गम्भीरताका साथ लिँदैन । तर, यस प्रकरणमा उनको अभिव्यक्ति अर्थपूर्ण छ ।

प्रसंग हो, अभिनेत्री तनुश्री दत्तामाथि नाना पाटेकरले गरेको यौन दुव्र्यवहार । १० वर्ष अगाडि फिल्म ‘हर्न ओके प्लीज’ को सुटि्रका क्रममा भएको यो घटना अहिले व्यापक चर्चामा छ । नानाले एउटा आइटम गीतको सुटिङका क्रममा आफूमाथि यौन दुव्र्यवहार गरेको
आरोप लगाउँदै तनुश्रीले उक्त फिल्म छाडेकी थिइन् । तनुश्रीले छाडेपछि सो गीतमा तत्काल राखी सावन्तलाई लिइएको थियो ।

यस घटनामाथि पहिलोपटक राखीले मुख खोलेकी छन् । र, सँधै झैं यसमा पनि उनको अभिव्यक्ति उटपट्याङ नै छ । उनले तनुश्रीलाई नाना पाटेकरले दुव्र्यवहार गरेको नभई उनी आफैं ड्रग्स खाएर बेहोस भएको दावी गरिन् । राखीले पेश गरेको घटना विवरण यस्तो छ:

‘तनुश्रीले फिल्मको गीत सुटिङ गर्दागर्दै बीचमै छोडेकी रहिछन् । त्यसलगत्तै मलाई गणेश आचार्य (कोरियोग्राफर) को फोन आयो । उहाँले मलाई तुरुन्त गीतको सुटिङका लागि सेटमा आउन भन्नुभयो । म छक्क परेँ । एक छिनमा नाना पाटेकरको फोन आयो । उहाँले पनि त्यसै भन्नुभयो । त्यसपछि म गइहालेँ ।

सुटिङ स्पटमा जाँदा हल्लाखल्ला थियो । तनुश्री आफ्नो भ्यानिटी भ्यानभित्र घन्टौंदेखि ढोका थुनेर बसेकी रहिछन् । धेरै जनाले पटक-पटक आग्रह गर्दा पनि उनी आउन मानेकी थिइनन् । त्यसपछि मैले पनि उनलाई बोलाउने प्रयास गरेँ, तर उनले ढोका खोलिनन् । पछि बुझ्दाखेरी थाहा भयो, उनी त ड्रग्स खाएर भेनिटी भ्यानभित्र बेहोस भएर लडिरहेकी थिइन् ।

मलाई नानाले यति खर्च गरेर सेट लगाएको छ, सुटिङ हुन सकेन भने बर्बाद हुन्छ भनेर सम्झाउनुभयो । त्यसपछि म तयार भएँ । सबैजना खुशी हुनुभयो र मलाई धन्यवाद दिनुभयो ।

अहिले तनुश्रीले नानाथरी कुरा गरिरहेकी छन्, जुन उनको चर्चामा आउने मेलो मात्र हो । म नाना पाटेकरको साथमा छु र सँधै रहनेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment