Comments Add Comment

दिशाको शासनबाट निस्किए टाइगर, भयो ब्रेकअप

अन्ततः बलिउड जोडी टाइगर श्राफ र दिशा पटानीको ३ वर्ष लामो प्रेम सम्वन्धमा पूर्णबिराम लागेको छ । मतभेद बढेपछि उनीहरु औपचारिकरुपमै अलग भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ठ्याक्कै के कुराले उनीहरुबीच दुरी बढेको हो भन्ने प्रष्ट नभए पनि पछिल्ला दिनहरुमा टाइगर दिशाको बानीव्यहोरासग आजित बन्दै गएका थिए । दिशाले टाइगरमाथि लगभग ‘राणाशासन’ नै लगाएकी थिइन् । टाइगरले अरु केटीहरुसग हासोठट्टा गरेको समेत दिशाले सहन सक्थिनन् । टाइगरको मोबाइल म्यासेज उनी सधै चेक गर्थिन् ।

दिशाकै दवावका कारण टाइगरले कुनै पनि फिल्ममा किसिङ सिन नदिने प्रतिबद्धता जनाउनु परेको थियो । यता दिशा आफू भने निकै उछृंखल लुगा लगाएर हिड्छिन् र फिल्ममा इन्टिमेट सिन दिन पनि तयार हुन्छिन् ।

मतभेद बढेपछि उनीहरुले यसलाई सुल्झाउने प्रयास नगरेका होइनन् । तर, बारम्बारको छलफलपछि पनि उनीहरुबीच समझदारी कायम हुन सकेन । र, टाइगरले छुट्टनिे प्रस्ताव राखे । दिशा त्यसमा सहमत भइन् । प्रेम टुटे पनि मित्रवत् सम्वन्ध भने कायम राख्न दुवै तयार भएका छन् ।
टाइगर र दिशाले पछिल्लोपटक फिल्म ‘बागी २’ मा सगै काम गरेका थिए । यो फिल्म सुपरहिट भएको थियो ।

यसबाट दिशालाई निकै फाइदा भयो । उनले थुप्रै राम्रा प्रोजेक्ट हात पारेकी छन् । अहिले उनी सलमान खानको फिल्म ‘भारत’ मा काम गर्दैछिन् । टाइगर भने ‘स्टुडेन्ट अफ द इयर २’ मा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment