+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शान्ति दिन नसक्ने सरकारबाट समृद्धिको आशा गर्न सकिँदैन: प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २० गते ९:५६

२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शान्ति सुरक्षा कायम गर्न नसक्ने सरकारबाट आर्थिक समृद्धिको आशा गर्न नसकिने बताएका छन् । शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णरुपमा असफल भएको आरोप उनले लगाए ।

काठमाडौंको भोटेबहालमा शनिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले भने, ‘बलात्कार, अपहरण, ब्यक्ति हत्याका अपराधीलाई कारबाहीको दायरामा ल्याउन नसक्ने सरकारबाट अरु कुराको आशा गर्न सकिँदैन ।’

आफूहरुले शान्ति सुव्यवस्था कायम गर्न, महंगी नियन्त्रण गर्न र संघीयता कार्यान्वयनमा गम्भीर हुन सुझाव दिँदासमेत प्रधानमन्त्री केपी शर्मा ओलीबाट हल्का टिप्पणी आउनुले सरकार दुई तिहाइको दम्भ देखाउनमात्र उद्दत रहेको प्रष्ट हुने उनले बताए । सत्तारुढ दल निकटका मुख्यमन्त्रीहरुबाट समेत सरकारको आलोचना हुनुले संघीयता कार्यान्वयनमा सरकार चुकेको प्रष्ट हुने उनले बताए ।

सरकार विधि सम्मत अगाडि बढोस् भन्ने आफूहरुको चाहना रहेपनि बहुमतको दम्भ देखाउनमै रमाइरहेको बताउँदै नेता सिंहले भने, ‘जनमानसमा बढिरहेको निराशाबाट सरकारको चेत खुलोस् ।’

सरकारका गतिविधि विधिको शासन कायम गरेर जनभावना अनुरुप काम गर्न तर्फ केन्दि्रत नदेखिएकाले मुलुक झन् जटिल समस्यामा फस्दै जाने त्रास बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?