+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

इम्याजिन नेपालको अर्को साहसिक यात्रा सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते २०:०४

२४ असोज, काठमाडौं । मनाङ र लोमान्थाङको सफल साहसिक यात्रापछि इम्याजिन नेपालले अर्को साहसिक यात्रा शुरू गर्दैछ । तीन वर्ष अघि स्थापना भएको इम्याजिन नेपाल साहसिक पर्यटन–केन्द्रित कार्यक्रम आयोजकहरूमध्ये सबैभन्दा ठुलो आयोजक भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यस साहसिक यात्राको पथमा समेटिनेछन् बर्दिया राष्ट्रिय निकुञ्ज र नेपालगञ्ज लगायतका आकर्षक गन्तव्यहरू । इम्याजिन नेपालमार्फत् यसै वर्ष महिन्द्रा एडभेन्चर पनि नेपालको बजारमा प्रवेश गरेको छ । यसले नेपालका साहसिक यात्राका पारखीहरूलाई सघाउनेछ ।

महिन्द्राले विगतमा झैँ यस वर्षभरि नै विभिन्न साहसिक क्रियाकलापहरूको आयोजना गर्ने र यसको अग्रपंक्तिमा हुने विज्ञप्तिमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?