+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

थापा एआईजी, अर्याल र गुरुङ एसएसपीमा बढुवा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते २०:३१

२४ असोज, काठमाडौं । नेपाल प्रहरीले प्राविधिकतर्फ तीन जना वरिष्ठ प्रहरी अधिकृतलाई बढुवा सिफारिस गरेको छ । एक जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई जनालाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिको बैठकले प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापालाई अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

त्यसैगरी इन्जिनियरिङ उपसमूह सूचना प्रविधि कम्प्युटरतर्फ नविन्द अर्याललाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । उनी प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान व्युरो प्राविधिक सहयोग शाखामा कार्यरत छन् ।

त्यसैगरी केनाइन उपसमूहतर्फ डा. देउती गुरुङ बढुवा भएकी छन् । उनी केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा कार्यरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?