+
+
WC Series
पोखरा एभेन्जर्स 2025
131/4 (16.1)
VS
२३ बलमा ३५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

नेपालले जित्यो एसिया छनोट ‘बी’को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २६ गते १६:५८

२६ असोज, काठमाडौं । नेपालले टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि जितेको छ ।

शुक्रबार सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानी परेपछि खेल रोकियो ।

लगातारको वर्षाका कारण खेल हुन सकेन र रन रेटका आधारमा नेपाल विजेता बनेको छ । तर, भारी वर्षाका कारण ट्रफी प्रिजेन्टेसनसमेत हुन सकेन ।

लगातार पाँच खेल जितेको दुबै टिमको समान अंक भए पनि नेट रन रेटमा अगाडि निकै अगाडि छ ।

मलेसिया पनि अघिल्लो चरणमा

नेपाल र सिंगापुरले यसअघि टी-२० विश्वकप छनोटको एसिया फाइनलमा स्थान बनाइसकेका थिए ।

तर, अन्तिम टोली टुंगो लागेको थिएन । शुक्रबार चीनलाई १० विकेटले हराएसँगै मलेसिया अघिल्लो चरणमा पुग्न सफल भएको छ ।

थाइल्याण्डको समान ७ अंक भएपनि नेट रन रेटका आधारमा मलेसिया तेस्रो बन्न सफल भएको छ ।

अब एसिया छनोट ‘ए’बाट आएका यूएई, कतार र कुवेत तथा बीबाट आएका नेपालसहित सिंगापुर र मलेसियाले एसिया फाइनल खेल्नेछन् । ६ टोलीले एकअर्कासँग खेल्दा शीर्ष दुई टोलीले टी-२० विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?