+
+
Shares

करेन्ट लागेर महोत्तरीमा एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते १२:५८

८ महोत्तरी, कात्तिक । महोत्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन्  ।

औरही नगरपालिका-९ इनर्वास्थित मिथिलेस पोल्टी फर्ममा करेन्ट लागेर ४५ वर्षीय मीनादेवी सहनीको मृत्यु भएको हो ।

करेन्ट लागेर मीनादेवी सहनीका श्रीमान सुरेश सहनी र ४ वर्षीय भतिजा राजा सहनी घाइते भएका छन् ।घाइते सुरेशको जनकपुरमा र बालक राजाको रामगोपालपुरस्थित स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

पानी तान्ने मोटरमा विद्युत प्रवाह हुँदा करेन्ट लागेको बताइएको छ । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पठाइएको डीएसपी खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?