+
+
WC Series
काठमान्डु गोर्खाज 2025
72/8 (13.2)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

फिफा वरियतामा नेपाल एक स्थान तल, बेल्जियम पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते १६:२६

८ कात्तिक, काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जारी गरेको नयाँ फुटबल वरियतामा नेपाल १ स्थान तल झरेको छ । गएको महिना १ सय ६० औं स्थानमा रहेको नेपाल अहिले १ सय ६१ औं स्थानमा पुगेको हो ।

दक्षिण एसियामा सबैभन्दा अघि भारत ९७ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ । नेपालभन्दा पछि भुटान १ सय ८८, बंगलादेश १ सय ९४, पाकिस्तान १ सय ९९ र श्रीलंका २ सय १ औं स्थानमा छन् ।

वरियतामा बेल्जियम शीर्ष स्थानमा पुगेको छ । गएको महिना फ्रान्ससँगै शीर्ष स्थानमा रहेको बेज्लियम अहिले एक्लै शीर्षमा रहेको हो । फ्रान्स दोस्रो स्थानमा झरेको छ ।

वरियतामा सबैभन्दा राम्रो ८ स्थान सुधार गरेर जिब्राल्टर १ सय ९० औं स्थानमा पुगेको छ । सबैभन्दा खराब मोजाम्बिक ९ स्थान तल झरेर १ सय २२ औं स्थानमा पुगेको छ ।

यी हुन् उत्कृष्ट १५ देश

बेल्जियम, फ्रान्स, ब्राजिल, क्रोएसिया, इंग्ल्याण्ड, उरुग्वे, पोर्चुगल, स्वीट्जरल्याण्ड, स्पेन, डेनमार्क, कोलम्बिया, अर्जेन्टिना, चिली, जर्मनी र नेदरल्याण्ड्स ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?