सामाजिक सञ्जाल फेसबुकमा विभिन्न ब्यङ्ग्यात्म स्टाटस लेख्न र तस्वीर पोष्ट गर्न हाँस्य कलाकार केदार घिमिरे (माग्ने बूढा) माहिर छन् । यसैले, उनले लेखेका स्टाटसहरु समय समयमा मिडियामा पनि चर्चित बन्छन् ।
हालै, उनले कुर्सी बोकेको एउटा तस्वीर पोष्ट गरेका छन् । आफू र श्रीमतीले कुर्सी बोकेको तस्वीर राख्दै उनले लेखेको छन्-‘हामी त दशैंभर आफ्नै कुर्सी बोकेर टीका लगाउन हिँडियो । कतै घुँडा टेक्नै परेन ।’
केदारले यो स्टाटस विजयादशमीको दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका लगाउन जाँदा घुँडा टेकेर टीका लगाएका केही उच्च पदस्थ व्यक्तिहरुलाई लक्षित गरी लेखेका हुन् ।
राष्ट्रपतिका हातबाट टीका थाप्न पुगेका केही सरकारी उच्चपदस्थ व्यक्तिहरुले घुँडा टेकेर टीका थापेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4