+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘नेकपा’को नाम विवादबारे निर्णय गर्न आयोगको इजलास शुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते ११:३१

९ कात्तिक, काठमाडौं । ‘नेकपा’को नाम विवादबारे निर्णय गर्न निर्वाचन आयोगमा आयोगका आयुक्तहरुको इजलास सुरु भएको छ ।

आजको इजलासले ‘नेकपा’को नाम विवादबारे निर्णय लिने आयोगका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए ।

सत्तारुढ नेकपाले आफूहरुको नाम जुधाएको भन्दै कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

उक्त उजुरीमाथि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेलको इजलासले निर्णय गर्नेछ । बिहीबारको इजलासमा आयुक्त इला शर्मा उपस्थित थिइनन् । बुधबारको इजलासमा पनि एक जना आयुक्त उपस्थित नभएकाले निर्णय हुन नसकेको जनाइएको छ ।

तर, शुक्रबार सबै आयुक्तहरु उपस्थित हुने र ‘नेकपा’को नाम विवादबारे निर्णय हुने आयोगले जनाएको छ ।

गत बुधवार निर्वाचन आयोगमा आयोगका आयुक्तहरुसहित सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (ने क पा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिहरुको इजलास बसेको थियो ।

इजलासमा दुबै पार्टीका प्रतिनिधिहरुले आ–आफ्ना दलिल पेस गरेका थिए । सत्तारुढ नेकपाले भने आफूहरुले नेपाल कम्युनिस्ट पार्टीसँगै कोष्टभित्र (ने क पा) पनि राखेकाले नाम नजुध्ने दावी गर्दै आएको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखिएको थियो । तर निर्वाचन आयोगमा यसअघि नै ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी नामको छुट्टै पार्टी दर्ता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?