+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

विस्फोटक पदार्थ पठाएको आरोपमा फ्लोरिडाबाट १ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते ७:५१

११ कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिकामा हुलाकमार्फत् विस्फोटक पदार्थ पठाउने घटनासँग सम्बन्ध भएको आरोपमा एक ५६ वर्षीय व्यक्तिलाई फ्लोरिडामा पक्राउ गरिएको छ ।

अमेरिकी अधिकारीहरूले पक्राउ परेका व्यक्तिको नाम सिजर सोयक भएको बताएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा जनाइए अनुसार सवारीसाधनका पार्टपुर्जा विक्री पसलबाटसोयकलाई पक्राउ गरिएको हो ।

अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआईका निर्देशक क्रिष्टोफर रेका अनुसार शङ्कास्पद पदार्थ रहेको एउटा प्याकेजमा भएको औँलाका छापका आधारमा सोयकलाई पक्राउ गरिएको हो । उनी आपराधिक पृष्ठभूमिका भएको विवरणहरूमा उल्लेख गरिएको छ ।

पछिल्ला केही दिन यता राष्ट्रपति डोनाल्ड ट्रम्पका आलोचकहरूलाई लक्षित गर्दै विस्फोटक पदार्थ पठाउने गरिएको थियो । प्रहरी नियन्त्रणमा लिइएका सोयकमाथि विस्फोटक पदार्थ पठाएको र पूर्वराष्ट्रपति लगायतका उच्च अधिकारीहरूलाई धम्की दिएको लगायत पाँचवटा अभियोग लगाइएको छ ।

विगत केही दिनयता पूर्वराष्ट्रपति बाराक ओबामा र अभिनेता रोबर्ट डी निरोसहितका मानिसहरूलाई १४ वटा त्यस्ता शङ्कास्पद विस्फोटक पदार्थ पठाइएका थिए । उक्त कार्यलाई राष्ट्रपति ट्रम्पले घृणित भएको र अमेरिकामा त्यसका लागि कुनै स्थान नरहेको बताएका भए पनि तत्कालै कसैलाई पक्राउ भने गरिएको थिएन ।

राजनीतिक रूपमा निकै ध्रुवीकृत भएको अमेरिकामा मध्यावधि चुनाव हुन अब दुई हप्ताभन्दा कम समय बाँकी रहेका बेला यी घटनाहरू भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?