+
+

कन्दरा व्याण्डका थापा बने पोखरा सांगीतिक कलाकार संघको अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते १२:४८

११ कात्तिक, पोखरा । पोखरा सांगीतिक कलाकार संघ नेपालको तेह्रौं साधारण सभा तथा छैटौं अधिवेशनले सुनिल थापा (हर्कबहादुर) लाई अध्यक्षमा चयन गरेको छ । कन्दरा व्याण्डका ड्रमर थापालाई अधिवेशनले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा संगीतकार तथा गायक सागर शाह (एनजे), वैकल्पिक उपाध्यक्षमा लेकाली व्याण्डका भाइ गुरुङ (हर्कराज) सचिवमा गीतकार राजेन्द्र अधिकारी (अपूर्ण), सहसचिवमा डि-मर्चा व्याण्डका लिड भोकलिस्ट भास्करध्वज श्रेष्ठ र कोषाध्यक्षमा देउराली व्याण्डका शान्तरत्न बज्राचार्यलाई चयन भएका छन् ।

समितिको सदस्यमा खिम गुरुङ (पायँ आली) तेज केसी (देउराली), आनन्दराज बज्राचार्य (गायक), अमित गुरुङ (कन्दरा व्याण्ड) र ईन्द्र गुरुङ (पखेरी व्याण्ड) चयन भएका छन् ।

समितिको पहिलो बैठकले समितिको सदस्यमा विनोद बानिया, प्राप्ति तुलाचन र बबी सुनारलाई चयन गरेको सहसचिव भास्करध्वज श्रेष्ठले जानकारी दिए । उनका अनुसार १५ सदस्यीय कार्य समितिमा बाँकी १ सदस्य पछि चयन गरिनेछ ।

त्यस्तै, समितिको सल्लाहकारमा साहित्यकार तथा गीतकार तीर्थ श्रेष्ठ, एस के साउण्ड सिस्टमका शेरबहादुर गुरुङ, बार डिजिटलका सञ्चालक बुद्धराज बज्राचार्य, विष्णुकुमार श्रेष्ठ (अल्पविराम) र हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङलाई चयन गरेको छ ।

समितिले अफिसियल पत्रकारमा अनलाइनखबरकर्मी सन्देश श्रेष्ठ र ठीकठाक डटकमका सुरज श्रेष्ठलाई अफिसियल फोटोग्राफरमा चयन गरेको छ ।

२०६२ साल पुसमा स्थापित संघ पछिल्लो क्रममा निष्क्रिय रहँदै आएको थियो । तर अब पुनःक्रियाशील बनाउने उद्देश्यले संघलाई व्यूँताइएको नवनिर्वाचित अध्यक्ष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?