१२ कात्तिक, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लगातार ११ औं जित निकालेको छ ।
सोमबार विहान भएको खेलमा पीएसजीले ओलम्पिक मार्सेलीलाई २–० गोलले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे र जुलियन ड्राक्सलरले गोल गरे ।
मार्सेलीलाई उसैको घरेलु मैदानमा पराजित गर्ने क्रममा पीएसजीले दोस्रो हाफमा दुवै गोल गरेको थियो । पहिलो हाफमा पीएसजीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
एमबाप्पेले खेलको ६५ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको अन्तिम समयमा ड्राक्सलरले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए ।
साविक विजेता पीएसजीले शीर्ष स्थानलाई निरन्तरता दिएको छ । पीएसजीले ११ खेलबाट ३३ अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4