+
+

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, मगाए माछाको परिकार

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १९:४७

१४ कात्तिक, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्माको ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीलाई दिइएको मुख्य एन्टिबायोटिकको डोज भोलि सकिनेछ । भोलिदेखि नशाबाट दिइने औषधिहरु रोकिनेछन् र मुखबाटै खुवाइने उपचारमा संलग्न डा. अरुण सायमीले बताए ।

प्रधानमन्त्री ओलीको छातीमा भएको संक्रमण एकदमै कम भएको छ भने ज्वरो नियन्त्रणमा आएको छ ।

स्वास्थ्यमा सुधार आएसँगै उनले बुधबार विहानै अस्पतालमै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गरेका थिए ।

डा. सायमीका अनुसार प्रधानमन्त्रीलाई दाल भात खान दिइएको थियो । बुधबार उनी आफैंले माछा खान हुन्छ कि हुन्न भनेर डाक्टरलाई सोधेका थिए । डाक्टरले हुन्छ भनेपछि मगाइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि ओलीलाई सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?