+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मासहित २२ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते १६:५४

१५ कात्तिक, बारा । होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेसहित २२ जना जुवाडे बुधबार राति बाराको निजगढबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामासहितको टोलीले निजगढ नगरपालिका-३ सिङ्गौलबाट उनीहरुलाई पक्राउ गरेको हो । स्थानीय एक घरमा कौडा खेलिरहेका बेला पक्राउ परेका अन्यको नाम प्रहरीले खुलाएको छैन ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाका अनुसार जुवाको खालबाट २ लाख ३० हजार नगद बरामद भएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा सिमरा, निजगढ, जीतपुर र वीरगञ्जका व्यवसायीहरु छन् । यस्तै नेपाली कांग्रेस र नेकपाका केही नगरस्तरीय नेतासमेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डीएसपी रञ्जितसिंह राठौरले २२ जना जुवाडे पक्राउ परेको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय बारामा उपस्थित गराएपछि थप विवरण सार्वजनिक गर्ने जानकारी दिए ।

यता पक्राउ परेका जुवाडेहरुलाई छुटाउन बिहीबार विहानैबाट नेकपा र नेपाली कांग्रेसका नेताहरुले दौडधुप सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?