+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
५५ बलमा १०१ रन आवश्यक
चितवन राइनोज 2025
69/4 (10.5)
Shares

सानेपामा धुलो उडे पनि काठमाडौंको मेयरलाई गाली आउँछ : विद्यासुन्दर शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते १७:०२

१९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंमा उपत्यकामा जहाँ समस्या भए पनि आफूले गाली खानुपरेको गुनासो गरेका छन् ।

रिपोर्टस क्लबमा सोमबार आयोजित कार्यक्रममा उनले काठमाडौं, ललितपुरका जुनसुकै ठाउँमा सडक हिलो र धुलो भएमा पनि आफैले गाली खानुपरेको गुनासो गरेका हुन् ।

‘जोरपाटीमा फोहोर थुपि्रयो भने पनि काठमाडौंको मेयरलाई गाली गरिन्छ, सितापाईलाको सडक हिलाम्य भयो भने पनि काठमाडौंको मेयरलाई गाली गरिन्छ, सानेपाका सडक धुलाम्य भयो भने पनि काठमाडौंको मेयरलाई गाली गरिन्छ, त्यहाँ नगरपालिकाहरु छन् नि ।’

काठमाडौं महानगरपालिकाले प्रदेश र संघीय सरकारको पनि काम गरिरहेको उनको दावी छ । ‘अहिले सिसडोलमा काठमाडौं महानगरपालिकाको मात्रै होइन, काठमाडौं जिल्लाको १८ वटा नगरपालिकाहरुको फोहोर जान्छ । काभ्रेको फोहोर त्यहाँ जान्छ । धादिङको फोहोर त्यहाँ जान्छ । के सबैको जिम्मेवारी काठमाडौं महानगरपालिकाको मेयरको हो र ? होइन नि’ उनले भने ।

काठमाडौं महानगरले फोहोरको व्यवस्थापन गर्न छोडिदिने हो भने सिँगो काठमाडौं उपत्यका दुर्गन्धित हुने मेयर शाक्यको भनाइ छ । मेलम्चीले आफ्नो काम नसकिएकाले काठमाडौंलाई धुलोमुक्त बनाउन नसकेको उनले बताए ।

त्यस्तै उनले मोनो रेल चलाउनेबारे सम्भाव्यता अध्ययन पूरा भइसकेको र अहिले प्राविधिक अध्ययनको काम जारी रहेको बताए । उनले भने, ‘नेपालमा मोनो रेल विज्ञ कोही छैनन् । हामीले बुट मोडलमा बनाउने तयारी गरेका छौं ।’

काठमाडौंलाई स्वच्छ, धुवाँ र धुलोमुक्त सहर बनाउनको लागि महानगरले जेट र ब्रुमरजस्ता आवश्यक उपकरण खरिद इसकेको जनाउँदै उनले भने, ‘अहिले ५ वटा ब्रुमर आउने प्रक्रियामा छन् । अहिले मासिक २५ करोड रुपैयाँ सफाइका कर्मचारीको लागि खर्च भइरहेको छ । तर, पनि काठमाडौं सफा भइरहेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?