+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हेटौंडामा कुटपिटबाट एक व्यक्तिको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २२ गते ११:४०

२२ कात्तिक, मकवानपुर । हेटौंडा उपमहानगरपालिका ११ मा एक जनाको कुटपिटबाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १२ का रमेश राना मगरको अज्ञात व्यक्तिको कुटपिटबाट मृत्यु भएको हो ।

राप्ती खोला पारि रहेको जेठानको घरबाट वारि नवलपुर तिर आउँदै गरेका रानाको बञ्चरो र रडको प्रयोग गरी हत्या गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । हेटौंडा ११ नवलपुर र १२ सिग्रेनी जोड्ने झोलुङ्गे पुलमा गएराति उनीमाथि आक्रमण भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । घटना के कारणले भयो भन्ने खुल्न नसकेपनि हत्याको अनुसन्धानमा पर्ने शंकास्पद व्यक्तिको पहिचान भइसकेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?