+
+
Shares

राजापाक्षेले छाडे सिरिसेनाको पार्टी, श्रीलंका पिपुल्स पार्टीमा आवद्ध

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २५ गते १७:५०

२५ कात्तिक, काठमाडौं । श्रीलंकामा हालै मात्र विवादास्पद रुपमा प्रधानमन्त्री बनेका महिन्दा राजापाक्षेले श्रीलंका फ्रिडम पार्टीसँग ५ दशक लामो सम्बन्ध तोडेका छन् र नवगठित श्रीलंका पिपुल्स फ्रन्टमा  आवद्ध भएका छन् ।

श्रीलंकामा राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गरेका छन् र ५ जनवरीमा आम चुनावको घोषणा गरेका छन् । यसअघि उनले पूर्वराष्ट्रपति समेत रहेका राजापाक्षेलाई नाटकीय रुपमा प्रधानमन्त्री बनाएका थिए ।

१९५१ मा स्थापना भएको श्रीलंका फ्रिडम पार्टीको संस्थापकमध्ये एक राजापाक्षेका पिथन डोन अलिविन पनि हुन् । राजापाक्षेले २००५ देखि एक दशकसँग श्रीलंकाको शासन सत्ता सम्हाले । २०१५ को आम चुनावमा भने आफ्नै उपराष्ट्रपति समेत रहेका सिरिसेनासँग अप्रत्यासित हार व्यहोरे । सिरिसेना श्रीलंका फ्रिडम पार्टीको अध्यक्ष पनि हुन् ।

सिरिसेना सरकार र पार्टीको नेतृत्वमा आएपछि राजापाक्षेलाई फेरि राजनीतिमा ल्याउने उद्देश्यले उनका समर्थकहरुले गत वर्ष श्रीलंका पिपुल्स पार्टी खोलेका थिए ।

यो पार्टीले फेब्रुअरीमा भएको स्थानीय चुनावमा ३४० सिटको दुई तिहाई जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?