+
+
WC Series
पोखरा एभेन्जर्स 2025
67/4 (9.6)
VS
६० बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

रंगेलीका मेयरको उद्योगबाट अढार्इ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते १५:४३

९ कात्तिक, मोरङ । मोरङको रंगेली नगरपालिका ३ मा सञ्चालित इँटा भट्टा उद्योगबाट प्रहरीले लागू औषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सञ्चालन गरेको आनन्द इटा भट्टा उद्योगबाट प्रहरीले साढै दुई किलो गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार गाँजासहित भारत बंगाल कुसबिहार घर भएका ३० वर्षीय हेमन्त बर्मन पक्राउ परेका हुन् । उनी आनन्द इँटाभट्टामा मजदुरको रुपमा काम गर्दै आएका थिए ।

उद्योगमा क्यान्टिनसमेत सञ्चालन गरिरहेका बर्मनले भारत र नेपालबाट गाँजा मगाएर भट्टामा कार्यरत मजदुरलाई महङ्गोमा सप्लाई गर्ने गरेका थिए ।

प्रहरीका अनुसार बर्मनले प्रतिचिलिम ८० रुपैयाँका दरले मजदुरलाई बिक्री गर्ने गरेका थिए । सुनसरी मोरङका इँटा भट्टा उद्योगमा काम गर्ने ९० प्रतिशत भन्दाबढी मजदुर भारतीय छन् ।

सिजनमा भारतबाट कामका लागि आएका मजदुरलाई प्रतिचिलिम ५० भारुमा बिक्री गर्ने गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

इँटा उद्योगभित्र गाँजाको कारोबार हुने गरेको सूचनाका आधारमा छापा मार्दा झोलामा प्याक गरी लुकाई राखेको लागू औषध साढे दुई केजी गाँजा बरामत गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्ऽकुमार कार्कीले बताए ।

पक्राउ परेका बर्मनलाई जिल्ला अदालत मोरङबाट लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।

मेयर भन्छन् – प्रहरी पुगेपछि मात्र थाहा पाए

रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया उद्योगी हुन् । मारवाडी पृष्ठभूमिबाट राजनीतिमा आएका मेयर बगडिया प्रहरीले मजदुरलाई पक्राउ गरेपछि मात्र आफ्नो उद्योगमा गाँजा कारोबार भएको थाहा पाएको बताए । ‘मैले पनि प्रहरी पुगेपछि मात्र थाहा पाए,’ उनलेभ ने, ‘ गलत गर्ने जो कोहीलाई कानून अनुसार कारवाही हुनुपर्छ ।’

बगडीयाका अनुसार कात्तिकबाट सुरु नयाँ सिजनका लागि काम गर्न बर्मन केही दिनअघि मात्र आएका हुन् । ८-१० दिनअघि बर्मन परिवारसहित आएको बगडीयाले बताए ।

इँटा उद्योग वर्षामा बन्द हुन्छन् । कात्तिक मंसिरबाट सुरु हुने नयाँ सिजनका लागि भारतबाट परिवारसहित मजदुर आउने गरेका छन् । मेयर बगडीयाको भट्टामा काम गर्न ७०० भन्दा बढी मजदुर भारतबाट आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?