Comments Add Comment

चौतारी लघुवित्तको आईपीओ बुधबारदेखि

१६ मंसिर, काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले ५ लाख ६० हजार ७ सय कित्ता आईपीओ जारी गर्ने भएको हो । आगामी १९ गतेदेखि खुला हुने संस्थाको आईपीओका लागि छिटोमा मंसिर २३ र ढिलोमा पुस १९ सम्म आवेदन खुला हुने बताइएको छ ।

६ लाख कित्ता साधारण सेयरमध्ये ९ हजार ३ सय कित्ता कर्मचारीलाई, र ३० हजार कित्ता समामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको सेयरको साधारण निष्काशन गरेको हो ।

संस्थाको बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment