Comments Add Comment

गौतम गम्भीरद्वारा क्रिकेट करिअरबाट सन्यासको घोषणा

१९ मंसिर, काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वसदस्य गौतम गम्भीरले क्रिकेट करिअरबाट सन्यास घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै ३७ वर्षीय गम्भीरले क्रिकेट करिअरबाट सन्यास घोषणा गरेका हुन् । ओपनिङ ब्याटिङको भूमिकामा मैदानमा देखा पर्ने गम्भीरले भारतलाई विश्वकप दिलाउन निकै ठूलो भूमिका खेलेका थिए ।

सन् २००३ मा बंगलादेशविरुद्ध डेब्यु गरेका गम्भीरले भारतका लागि ५८ टेष्ट, १४७ एक दिवसीय अन्तर्राष्ट्रिय र ३७ टी-ट्वान्टी खेलेका छन् ।

गम्भीरले भारतका लागि पछिल्लोपटक सन् २०१६ मा इंग्ल्यान्डविरुद्ध टेष्ट क्रिकेट खेलेका थिए ।

सन्यास घोषणा गर्दै गम्भीरले भनेका छन्, ‘मैले मेरो राष्ट्रको लागि १५ वर्षभन्दा बढी क्रिकेट खेलेँ । अब सन्यास लिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment